सिरहाको जि.प्र.का मा सेवाग्राहीको लागि कलेण्डर विधि : सिडिओ कणेल
Advertise Here Book Now

जिल्ला प्रशासन कार्यालय सिरहामा कोरोना महामारीलाई मध्यनजर गर्दै सेवामा सिन्डीकेट लगाएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणको अवस्थालाई मध्यनजर गरी तथा मन्त्रीपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा आलोपालो सेवा प्रदान गरिने बताएका छन् । कार्यालयले एक सूचना प्रकाशित गर्दै सिरहा जिल्ला भित्र रहेका विभिन्न स्थानीय तहहरुलाई बार (दिन) अनुसार मात्र सिन्डीकेट (आलोपालो) सेवा दिने बताइएको छ । सिडओ कणेलले कार्यालयमा भीडभाड नहुन दिन तथा भौतिक दुरी कायमको नियमलाई पूर्णत कार्यन्वयनको लागि यो सेवाग्राहीलाई सिन्डीकेट लागू गरिएको बताए । 



सूचनामा आईतबारका दिन धनगढीमाई नगरपालिकाको वडा नं. १२, १३ र १४ बाहेक र लक्ष्मीपुरपतारी वडा नं. ६ बाहेकका सबै वडाहरुलाई मात्र सेवा दिने भएको छ । लागू गरिएको कलेण्डर विधि अनुसार अर्को सूचना नआएरसम्म प्रत्येक आईतबार यी स्थानीय तहको सूचनामा जारी भए अनुसारका सेवाग्राही मात्र जान आग्रह गरिएको छ । सोही क्रममा सोमबार सुखिपुर नगरपालिका र नवराजपुर गाउँपालिकाको वडा नं. १ बाहेक र गोलबजारका सबै वडाहरुलाई मात्र सेवा प्रदान गर्ने भएको छ । सिडिओ कणेलका अनुसार केही वडाको कार्य ईलाका प्रशासन कार्यालय लहानमा समेत भएकोले वडाहरु कटौती गरिएको हो । 

यस्तै, मँगलबार औरही, बरियारपट्टि र अर्नमाका सबै वडाहरुका सेवाग्राही, बुधबार मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकाका सबै वडाका सेवाग्राही, विहिबार कल्याणपुर, नरहा र विष्णपुर गाउँपालिकाका सबै वडाका सेवाग्राहीहरु मात्र सेवा पाउने भएको छ । 

शुक्रबार भने सिरहा नगरपालिकाका सबै वडाका सेवाग्राहीहरुले मात्र सेवा पाउने भएको छ । तोकिएको दिनमा तोकिएको स्थानीय तहको, तोकिएको वडाको सेवाग्राहीलाई सेवा नदिने भएकोले आफ्नो पालो आउने दिनमा मात्र जिल्ला प्रशासन कार्यालय सिरहा आउन आग्रह गरेका हुन् । सिडिओ कणेलका अनुसार, शान्ती सुरक्षाको विषय, कानुन बमोजिम हुने मुद्दा सम्बन्धी कार्यहरु सबै कार्य दिन हुने जनाएका छन् ।  वृद्धवृद्धा तथा फरक क्षमता भएका सेवाग्राहीलाई जुन बेला पनि प्राथमिकता दिने जनाइएको छ । यसका साथै, कार्यालयमा आउँदा मास्क अनिवार्य रुपमा लगाएर आउनुपर्ने तथा समाजिक दुरीको नियम (२ मिटर) अनिवार्य रुपमा कामय गरे मात्र सेवा दिने बताइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्