सरसफाईसंगै स्थानीय सांस्कृतिको विकास
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान ४ मंसिर । मधेशको आठ जिल्ला सप्तरीदेखि पर्सासम्म यत्तिबेला लक्ष्य प्राप्तिको निम्ति घर घरमा चर्पी, मधेशको शान भनेर अघि बढिरहेको छ । यसको मुख्य लक्ष्य खुला दिशमुक्त क्षेत्र घोषणा गर्नु हो । लक्ष्य प्राप्तिसंगै सिरहा र सप्तरीमा सांस्कृति जागरण अघि बढिरहेको छ । समाजमा रहेको विकृति तथा फोहर व्यवस्थापन गर्दै पहिचान र स्थानीय संस्कृति भाषाको समेत विकास भइरहेको छ । सिरहाको सुखिपुर ४ कुशहा लक्ष्मीनियां आज खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।
सो घोषणा कार्यक्रम सफल पार्न स्थानीय भाखा शैलीमा झिझिया नाच, धोती, गमछा,कुर्ता, घैलालगायतको सांस्कृतिमय प्रदर्शन गरिएको छ । सिरहाको प्रथम खुला दिशामुक्त गाविस गाढाको घोषणा गर्दा स्थानीय पहिचान र संस्कृतिका लोक गीतको झांकी, मुसहर, मलाह, थारु, बनिया, कोईरी, यादवलगायतको पहिरन, भाखा, नाटक, नाचगानको प्रदर्शन गरिएको थियो । यो सरसफाई अभियान मात्रै नभई स्थानीय संस्कृति र पहिचान उठाउंन कलाकारहरु अवसर पनि पाउंन थालेको छ । ठाउं ठाउंमा सांस्कृतिक तथा सडक नाटकको टोली पनि गठन भएको छ । गीत गायनका पार्खि सिरहाका सिडियो खुला दिशामुक्त क्षेत्र घोषणाको जुनसुकै मंचमा आफ्नो एक दूई गीत पस्किहाल्छन् । सिरहाका सिडियो विजयनारायण मानन्धर भन्छन् — मधेशमा यत्तिबेला सरसफाईलाई थप उर्जा एवं सचेतनाको महत्वपूर्ण माध्यम स्थानीय भाखाको सांस्कृति र नाटक नै भएको छ । सरसफाईलाई तिब्र रुपमा अगाडि बढाउंन म पनि आफ्नो गीत पस्किहाल्छु । सरसफाईसंग जोडिएर जनचेतना अभिवृद्धि हेतु कलाकारहरु पनि प्रदर्शन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाईटी सिरहाका अध्यक्ष राजदेव यादव भन्छन् — यही अवसर हो , सरसफाईसंगै हाम्रो समाजमा रहेको प्रतिभाशिल युवाहरुले कला प्रदर्शन गरेर समाज परिवर्तन गर्दैछन् ।’ ‘हाम्रो समाजका कला संस्कृति लोप हुंदै थियो तर, सिरहा, सप्तरी, धनुषागरी सरसफाईसंगै सांस्कृतिक टोली विकास भएको छ ।’ खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा सांस्कृति र नाटक मात्रै हुने गरेकोले स्थानीय पहिचानको प्रदर्शनमा कमि देखिन्छ । सरसफाई अभियन्ता गोपाल घिमिरे भन्छन् — हाम्रो लक्ष्य सरसफाई नै हो । तर, समाज परिवर्तन गर्न स्थानीय पहिरन तथा शिपशिल उत्पादनको प्रदर्शन पनि उत्तिकै जरुरी छ ।’ ‘ विगतमा भारतबाट आउंने नाचगान र हिन्दी संस्कृतिलाई रोक्दै स्थानीय कलासंस्कृतिले अवसर पाईरहेको छ ।’ सरसफाई लक्ष्य प्राप्तिपछि विकसित भएका कलासंस्कृति तथा नाटकका कलाकारहरु वेरोजगारी हुने भनी कतिमा चिन्ता पलाएको छ । यसैले यसलाई संरक्षण गर्न स्थानीय निकायले बार्षिक बजेटिंगको आधार तयार गर्नुपर्ने नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देवकुमार यादव बताउंछन् । सिरहा जिल्लामा मात्रै यस्ता टोली आठ वटा रहेका छन् भने धनुषा र सप्तरीमा पनि सांस्कृतिक र नाटकीय टोली एक दर्जन जति रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्