म मन्त्री भनेको नोकर हुं ः मन्त्री जोशी
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १८ मंसिर । अघि बढाइएको संविधान संशोधनबाट मधेशको माग केही सम्बोधन हुने भन्दै थपको लागि छलफल गरेर अगाडि बढ्नुपर्ने जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले बताउंनुभयो । सिरहाको डिवाससीसी सभाहलमा आज पत्रकार सम्मेलनको क्रममा मन्त्री जोशीले मधेशको थारु, मुस्लिम, दलितहरुको जायज माग यथाशिघ्र सम्बोधन गर्नुपर्ने बताउंनुभयो । मन्त्री जोशीले जायज मागको सम्बोधन गर्दा उत्तर, पूर्व, पश्चिम र दक्षिण सवाललाई तोडमोड गरेर सम्भव नहुंने र यसले समस्या पनि समाधान नहुने भएकोले सिंगो देशको लागि व्यवस्थित गर्नुपर्ने बताउंनुभयो । शहरबजारमा विकास भइरहेको छ , तर ग्रामिण महिलाहरु स्वास्थ्य समस्याले पीडा खेपिरहेकोले सुधारिएको चुलो कार्यक्रम ल्याइएको मन्त्री जोशी बताउंनुभयो । मन्त्री जोशीले ‘म मन्त्री भनेको नोकर हुं ’जनताको आवश्यकता र कार्यक्रमलाई मन्त्री परिषद्मा राख्ने काम गर्ने हो । सिरहामा विकास गर्नुपर्ने कार्य धेरै छ यो पूरा गर्न मन्त्री परिषद्ले नै गर्ने हो उहांले बताउंनुभयो । कार्यक्रमकै बीचमा सिरहाका सिडियो श्रीकृष्ण श्रेष्ठले ‘प्रशासनलाई नसोधी मन्त्रीज्यू आउंनुभयो । हामीलाई खबर गरेर आउंनु पर्थियो । किनकी सुरक्षा व्यवस्था गर्नुपर्थियो । आईन्दा यहां आउंदा यस्तो नहोस् भनी आयोजकलाई उहां सिडियोले सचेत गराउंनुभयो । वातावरण शाखाका इन्जिनियर रमेश निधीले दलित बालबालिकाका लागि कक्षा ९ र १०का विद्यार्थीहरुको घरमा सोलार जडान गर्ने योजना रहेको सो कार्यक्रममा सार्वजनिक गर्नुभयो । इन्जिनियर निधीले मठमन्दिर, दलित दलान, विद्यालय, अस्पताल, संचारलगायतको क्षेत्रमा कम पावरको सोलारले नपुग्ने भएकोले आवश्यकता अनुरुप जडानको कार्य अघि बढाउंन सम्बन्धित मन्त्रालयसंग माग गर्नुभयो । सिरहामा पर्यटक स्थलको रुपमा रहेको मानिक दह, सलहेश फुलवारी, वाबा ताल, मैसोथा, देवीदहलगायत ३५ ठाउंमा यथाशिघ्र सोलार जडानका साथै त्यसक्षेत्रको विकास प्रबद्र्धनको निम्ति बजेट विनियोजित गर्न पत्रकार सुरेन्द्र कामतीले ज्ञापनपत्र मन्त्री जोशीलाई बुझाएका थिए । कार्यक्रममा पत्रकार, राजनीतिक दलका प्रतिनिधि, प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रदेव कामतीलगायतले मन्तव्य राख्नुभएका थिए । सिरहामा पत्रकार सम्मेलन अघि मन्त्री जोशी लहानको सलहेश फुलवारीलगायतको ठाउं भ्रमण गर्नुभएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्