वर्तमान सरकारले माँग सम्बोधन नगरे महाभारतः यादब
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २१ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बर्तमान सरकारले संघिय गठबन्धन सहित मधेशी मोर्चाको माँग सम्बोधन नगरे महाभारत हुने चेताबनी दिएका छन् । सिरहामा आज (मंगलबार) आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादबले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । सरकारले दर्ता गरेको संबिधान संशोधन विधेयकले देशको समस्या समाधान नगर्ने भएकोले आन्दोलनको विकल्प नभएको भन्दै अध्यक्ष यादवले आन्दोलनको सामना गर्न सरकारलाई समेत चेतावनी दिएका छन् । सिरहाको खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता कार्यकताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी सिरहाका प्रभावशाली नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेका अञ्चल सदस्य तारणी प्रसाद यादव, क्षेत्रीय उपाध्यक्ष प्रफुल्ल सिंह, हरि यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व गाविस अध्यक्ष जवाहर यादव, कांग्रेसका पूर्व गाविस अध्यक्ष रामविलास यादव, दिपेन्द्र यादव त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता रामप्रकाश दास, घुरण यादब र कामेश्बर साफी लगायत ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु फोरम नेपालमा प्रवेश गरेको फोरम नेता राम दयाल यादबले जानकारी दिए । सिरहाको क्षेत्र २, खोक्सी जानकीनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि एवं पार्टी अध्यक्ष उपेन्द्र यादवले नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फूलमाला र अबीरले स्वागत गर्दै पहिचान र संघीयताको पक्षमा लाग्न आह्वान गरेका छन् । कार्यक्रममा विशिष्ठ अतिथि पार्टीका केन्द्रीय कोषाध्यक्ष विजय यादव, अतिथिहरुमा पूर्व मन्त्री राजलाल यादव, केन्द्रीय सदस्य अशेश्वर यादव, महिला फोरमकी केन्द्रीय अध्यक्ष निर्मला यादव लगायतको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्