एउटै परिवारका ३ जना सशख्त अपाङ्गलाई सहयोग
Advertise Here Book Now

अभिमनु कुमार पटेल रौतहट २१ मंसिर ।रौतहटको ब्रहम्पुरी गा.वि.स वडा नं ३ का एउटै परिवारका ३ जना सशख्त अपाङ्ग लाई सहयोग गरिएको छ । सशख्त अपाङ्ग भएका ब्रहम्पुरीका प्रभु महारा चमार तथा उनकी २७ वर्षीय श्रीमती रेनु देवी महारा चमार र उनका ५ वर्षीय छोरा अमृत महारा चमार समेत अपाङ्ग रहेका छन । तर एउटै परिवारका ३ जना अपाङ्ग हुदाँ सरकार पक्षबाट अपाङ्ग परिचयपत्र पाउँदा पनि सो गा.वि.स का सचिव प्रभु यादव तथा प्राविधिक सचिव शिवशंकर सिंह समेतले गा.वि.स मा सरकारबाट आएको अपाङ्ग भत्ता खाई सो भत्ता अपाङ्ग परिवार लाई नदिई अपाङ्ग भत्ता माग्न जादा सचिव यादव र सिंह समेतले कुनै कुरा नसुनि आफुले पाउने भत्ताबाट पाँच सय अपाङ्गले नदिए सचिवले धपारेर फर्काएका छन । एकै परिवारका ३ जना अपाङ्ग भएको समाचार थाहा पाउदा यसु थापा ११ हजार र जमिल अख्तरले ५ हजारका चामल ४ क्वीन्टल , ब्लैकेट २ थान तथा बच्चाहरु र आमाक लागि चिसोमा लगाउने न्यानो कपडा समेत सहयोग गरेका छन । नेपालकै धर्तीमा जन्मेका यसु थापाले आजको दिनमा देशबाट विदेश सात समुन्द्र पारि युरोपको बेल्जियममा हाल बसी रहदा पनि देशको अवस्था नाजुक रहेको र देशमा धेरै गरिब तथा अपाङ्ग भएकोले सबैलाई सहयोग गर्न इक्छुक भई देश र समाजमा केही सुधार लयाउन सोचका साथ थापाले अगाडी बढी रहेका छन । मधेशी संग कुनै भेदभाव नगरी यसु थापाले जुन यो सहयोग गर्नुभएकोमा अपाङ्ग रेनु देवि महारा र स्थानिय बासीहरुले यो योगदान माथि खुशी ब्यक्त गरेका छन । त्यस्तै रौतहट क्षेत्र नं २ गा.वि.स लौकाहा वार्ड नं ५ का समाजसेवी जमिल अख्तरले ५ हजार मुल्य बराबरको कपडा लता समेत अपाङ्ग परिवार लाई हिन्दु मुस्लिमको भेदभाव नगरी यस मानवको नाताले सहयोग गर्नु भएको छ । यहाँहरुले अगामी दिनमा पनि असहाय , दलित , गरिब र अपाङ्ग परिवारलाई यस्तै सहयोग गर्न अपेक्षा राख्दै स्थानिय पत्रकार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष एवं मधेश प्रदेश अनलाईन अध्यक्ष अभिमनु कुमार पटेल र स्थानिय सहयोगी भाई नविन कुमार सिंह , रमेश साह , मुरल पटेल समेत लाई धन्यवाद दिएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्