यसरी सखाप भयो सखुवानन्कारकट्टी को मण्डल बस्ती फोटो सहित
Advertise Here Book Now

आशिक साह २९ चैत । सिरहाको दक्षिणी क्षेत्र सखुवानन्कारकट्टी गाउँपालिका-४ सिम्राहामा सोमबार बेलुका भएको आगलागीले २९ घर परिवारको ६० घरगोठ जलेर सखाप भएको छ ।

लहान नगरपालिका र गोलबजार नगरपालिकाबाट गएको बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो निभाइएको इलाका प्रहरी कार्यालय महेशवारीका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो । तर आगो त्यतिबेला मात्र निभाउन सकियो जतिबेला पूरै बस्ती सखाप भयो ।बस्तीकी एक महिलाले खाना पकाएर घर नजिकैको बारीमा फालेको खरानीमा रहेको आगोको झिल्को उडेर आगालागी भएको प्रहरीको भनाई छ ।
आगालागीमा ६० भन्दा बढी घर गोठ जलेपछि पिडितहरु नजिकको खाली खेतमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।स्थानीय पिडित कलमबत्ति मण्डलले भन्नुभयो ‘धान बेचेर जग्गा किन्न जम्मा गरेको दस हजार नगदसहित अन्नपात,भाँडावर्तन, भर्खरै बयाएको गाई, लत्ताकपडा,फर्निचरका सामान, गरगहना सबै जलेर खरानी भयो ।’आगलागीमा झण्डै डेढ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिनुभयो । प्रहरी नायव निरीक्षक चौधरीका अनुसार आगलागीमा तीन वटा गाई, पाँच वटा खसी बाख्रा र एउटा बाच्छा मरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्