आफु विरुद्ध गलत समाचार सार्वजानिक भएको साहको दावी
Advertise Here Book Now

फिरोज शेख लहान २०७४ बैशाख १० - नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री प्रमेश्वर साहले आफु विरुद्ध गलत समाचार सार्वजनिक भएको दावी गरेका छन् । शुक्रबार बैशाख ८ गते सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा भएको घटनाको वारेमा आएको समाचार गलत र निराधार रहेको नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री प्रमेश्वर साहले लहानमा पत्रकार सम्मेलनगरी बताएका छन्। आफ्नो चरित्र हत्या गर्ने खालको गलत समाचार सार्वजानिक भएकोप्रति सहमहामन्त्री साहले आइतवार पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती जारी गरी खेद प्रकट गरेका छन् ।साह विरुद्ध शनिवार यातायात कार्यालयमा राती गई तोडफोड गरेको भनेर समाचार आएको थियो। तर यातायात कार्यालय र इलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार कार्यलयमा कुनै किसिमको तोडफोड नभएको र सामान्य बादविवाद भएको जानकारी गराएका छन् । आफुले पटक–पटक यहाँका कार्यालयहरुमा भइरहेको भ्रष्टाचार गतिविधी रोक्नका लागि ज्ञापन पत्र बुझाई सचेत गराएको कारणले आफु विरुद्ध यस्तो घटना सुनियोजित रुपमा घटाउन खोजेको उनले पत्रकार सम्मेलनमा दावी गरेका छन्।साहले जारी गरेको विज्ञप्तीमा आफु विरुद्ध सार्वजानिक भएको समाचारको सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही हुनुपर्ने सम्बन्धित निकायसँग माँग गरेका छन् ।यो समाचार सरगम खवर बाट सभार गरिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्