राज्यको सन्दुक र बन्दुकमा मधेसी अनुहार चाहिन्छ :अध्यक्ष यादव
Advertise Here Book Now

  शिब दयाल यादव 
 सिराहा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल राज किशोर यादवले राज्यको सन्दुक र बन्दुकमा   मधेसी अनुहार चाहिन्छ ।  
आइतबार सिरहाको बिष्णुपुर गाउँपालिका (४ मा चुनावी सभालाई सम्बोधन गर्दै उहाले यसपालिको चुनाव मधेसी जनताको हक र अधिकारको लागि  भएकोले मधेसी दलमै भोट हाल्न आग्रह गर्नुभयो ।बर्सोदेखी शोषित,उत्पीडित मधेसी जनताको उन्मुक्तिको लागि राज्यको हरेक अङ्गमा मधेसी को अनुहार हुनु जरुरी रहेको बताउनुभयो । 
उहाले यसपाली को चुनावमा मधेसी द्ल अत्यधिक मतले बिजय हुन गइरहेकाले 
 ब्यब्स्थापिका,कार्यपालिका र न्यायपालिकामा समान हक र अधिकारको लागि लाल्पुर्जा हातमा लिन किताकाटको  हिसाब गर्ने समय भएकोले यस्मा होसियार र सजग हुनु जरुरी रहेको दाबी गर्नुभयो । 

एक अर्को पर्सङ्ममा अध्यक्ष यादवले मैले बिगतमा चुनाव जितेर गएपनि म मधेसी जनताको अपमानित र निन्दनीय काम कहिले नगरेको बताए । मधेस र मधेसी जनताको हकहितको लागि मधेस बिरोधी सबिधानमा ह्स्ताक्षर नगरेको र अन्तिम समय सम्म लडाई लडेको बताए ।
 हाम्रो आन्दोलन तबसम्म रह्न्छ जबसम्म मधेसको हक र अधिकार सप्पन्न नभएसम्म हामी अहिले पनि सङ्घर्स्मा छौ ।
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्