अध्यक्ष यादव र नायक बिच कडा पर्तिस्पर्धा
Advertise Here Book Now

कात्तिक १७ । सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभा का लागि राजपा र संघीय समाजबादी फोरम नेपाल को तर्फबाट साझा उमेदवार अध्यक्ष मंडल राजकिशोर यादव को उम्मेद्बारी परेका छन् भने बाम गठबन्धन को तर्फबाट पुर्ब कानुन मन्त्री अजय सन्कर नायक ले उम्मेद्बारी दर्ता गराएका छन् ।

यता, नेपाली कांग्रेस को तर्फबाट पुर्ब सान्सद मोक्तार आल्म को उम्मेदवारी परेका छ्न । सिराहा को उत्तरि भेगमा बाम गठबन्धन बलियो देखिन्छ भने दक्षिणबर्ती भेगमा मधेसबादि द्ल बलियो देखेका छन् ।
क्षेत्र नम्बर ४ मा (क) बिस्नुपुर गाउँपालिका को वाडा नम्बर २,३ र ४,(ख) नरहा गाउँपालिका ३,४ र ५ (ग) कल्याणपुर नगरपालिका,(घ) कर्जन्हा नगरपालिका (ङ) मिर्चैया नगरपालिका पर्द्छ्न । बिष्णुपुर गाउँपालिका मा दुई वटा वाडामा फोरम नेपाल बिजय भएका छन् भने एउटामा राजपा रहेका छन् । कल्याणपुरमा नगरपालिका मा नेपाली कांग्रेस ले मेयर हात पार्न सफल भएपनी अधिकतम वाडामा राजपा नै हाबी भएको छ । नरहा गाउँपालिका को तीन वडा मध्ये एकमा राजपा र बाकी बाम गठबन्धन को बर्चस्व रहेको छ। यसरि दक्षिणबर्ती भेगमा अध्यक्ष यादव बलियो देखिन्छ ।
त्य्सरि नै मिर्चैया र कर्जन्हा नगरपालिकामा नेकपा माओबादी केन्द्रले मेयर हात पार्न सफल भएकोले बाम गठबन्ध्न का नाय्क बलियो देखिन्छ । स्थानीय तह चुनाव को आक्लन गर्दा दुई गाउँपालिका र एक नगरपालिकामा मधेसबादि दल को बर्चस्व रहने देखिन आउछ भ्ने दुई नगरपालिका मा बाम गठबन्धन को बर्चस्व हुदा याहा रोमाञ्चक पर्तिस्पर्धामा जिल्लाभरि को ध्यान केन्द्रित भएका छ्न ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्