आठ हजार घुससहित सिरहाका इन्जियर लहानमा पक्राउ
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, ३ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज घुस लिएको आरोप जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् । लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय सिरहामा निवेदन दिएका थिए । सिफारिस वापत इन्जिनियर यादवले घुस माग गरेको थियो । कार्यालयमा घुस लिन नमिल्ने भन्दै रामजानकी कन्ट्रक्शनका प्रोपराइटरपक्षले लहानको महावीर मिस्ठान भण्डारमा आठ हजार रुपैयां इन्जिनियर रामबहादुर यादवलाई दिने क्रममा अख्तियारका टोलीले पक्राउ गरिएको एसपि कृष्णसिंह थापाले बताए । अख्तियार टोलीमा सात जना रहेका थिए । घरेलु तथा साना उद्योग कार्यालय लहानले कन्ट्रक्शन दर्ताको लागि जिल्ला प्राविधिक कार्यालय सिरहाको सिफारिस माग गरिएको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसान्धानको लागि अख्तियार आयोग इटहरी लैजाने तयारी गरिएको छ भने यहांबाट भोली काठमाण्डौ पठाउंने एसपी थापाले बताए । सिफारिस लामो समयदेखि नपाउंदा कन्ट्रक्शन दर्ता गराउंने पक्षले आक्रोशित भएर अख्तियारको ढोका ढक्ढकाएका छन् भने इन्जिनियर र सिफारिस लिनेपक्षबीच मनमुटाव चल्दै आएको निर्माण व्यावसाय जितेन्द्र यादवको दावी छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्