सुरुंग खनेर चोरी घटनालाई लहान प्रहरीमा सार्वजनिक मुद्दा
Advertise Here Book Now


दिनेश्वर गुप्ता लहान २४ पुष । जहां चोरी हुन्छ । चोरमाथी चोरीलगायतको मुद्दा लाग्नु पर्ने हो । तर, ईलाका प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा लगाएर अपराधीलाई राहत दिने काम भएको छ । यो लहान १९ मा पुष २३ गते मध्यराती रामसागर साफीको घरमा चोरीको घटनामा यस्तो सार्वजनिक मुद्दा चलाउंने हो । लहान १९ बस्ने रामसागर साफीको घरमा स्थानीय चोरले घरमा सुरुंग खनेर लाखौको मालसमान चोरी गरेका छन् । मध्यरातमा चोरले रामसागर साफीका पत्नि देवकुमारी साफीलाई मुख थुनेर घरमा रहेको मालसमान चोरी गर्दा उनका बच्चाहरु चिच्याउंदा अर्का चोरीले तिनीहरुलाई कुटपिट गरेका थिए । 
चोरहरुले अहुजा कम्पनीको डिजे एक थान, मिक्सर एक थान, देवकुमारीले लगाएकी मंगलसुत्र ८ अना र नाकमा लगाइएको २ अनाको सुनसमेत चोरी गरिएको छ । पीडित रामकुमारी साफी भन्छीन् —‘मलाई मार्ने उद्देश्यले चोरहरुले घांटी र मुख थिचेको थियो ।’ ‘बोल्न नसक्ने अवस्था थियो ।’ तर, ‘मेरा बच्चाहरुले जोर जोरले चिच्याउंन थालेपछि मेरा पति आएपछि तिनीहरु समान लिएर भागे ।’ ‘ चोरहरु स्थानीय रहेको म पहिचान गर्न सके ।’ उनीहरु बर्ष ५५ का रामकुमार यादव र बर्ष १९ का ध्यानी यादव रहेको प्रहरीमा दिएको उजुरीमा उनीहरुको नाम चोर भनेर उल्लेख छ । सो घटनाको आरोपमा लहान प्रहरीले रामकुमार यादवलाई पक्राउ गरेका छन् भने ध्यानी फरार रहेका छन् ।
जहां चोरी भएको प्रमाण सुरुंग खनेर मालसमान लगेको र घरपट्टी महिलालाई घांटी र मुख थिचेर मार्ने प्रयास गरिएको छ । यस्तो अवस्थामा ईलाका प्रहरी कार्याल लहानका डिएसपी गणेश चन्द कसको प्रभावमा चोरीलाई सार्वजनिक मुद्दामा परिनत गरियो ? प्रश्न उठ्नु स्वभाविक नै हो मानव अधिकारकर्मी राजकुमार राउतको कथन हो । डिएसपी चन्दले भने ‘अहिले सार्वजनिक हो, घटनास्थलमा चोरी गरिएको हतियारहरु फेला परेको छ । त्यो ल्याउंदै प्रमाणित भयो भने चोरी अन्तरगत नै प्रक्रिया बढाउंने डिएसपी चन्दले बताए । 
सामाजिक छलफल तोड्दै 
ईलाका प्रहरी कार्यालयमा डिएसपी गणेश चन्द आएको एक सत्ता पनि पूरा भएका छैन् । उजुरी आएको दूई एक दूई दिनमै मुद्दा दर्ता गरेर सामाजिक छलफललाई प्राथमिकताबाट हटाएको छ । बलात्कार प्रयास अन्तरगतको तेतरी साह र सियाराम गुप्ता एक आपसमा सामाजिक छलफलबाट मिले पनि लहान प्रहरीले मुद्दा दर्ता गरेको संचारकर्मी गोपाल रौनियारले बताए । उता, बोक्सी मुद्दाका पक्ष विपक्ष सामाजिक छलफलमा क्षतिपूर्ती दिएर आपसी सम्झौता गर्दा पनि अचेल मुद्दा प्रक्रिया अघि बढाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्