धनुषामा बसको भाडा बढी लिरहेको यात्रुहरुको गुनासो
Advertise Here Book Now






जनकपुरधाम/फाल्गुन  २३
जनकपुरको पुलचौक देखि यदुकूहा सम्म चल्ने यात्रुहरुसंग  बसको भाडा बढी लिइरहेको बसमा चढ्ने यात्रुहरुको जनगुनासो रहेको छ।सहिदनगर नगरपालिकाको यदुकूहाको झण्दा चौकबाट सधैं विहान ६:३० बजेदेखि १०:०० बजेसम्म चल्ने बसहरुको भाडा दर बढी लिएको यात्रुहरुको भनाइ रहेको छ।बसको टिकट नकाटी सिधै गाडिमा चढ्दा कुनै  यात्रुलाई ५० र कुनैलाई ६०,७० समेत लिदै गरेको यात्रुले दावी गरेको छ र भन्दा कन्टेकटर र खलासी झगडा गर्दै आएको यात्रुहरुले भनेका छन।
केही दिन यतादेखी अटोरिक्सा पनि चल्दा यात्रुहरु पुरै १०० रुपैयाँ दिई अटोरिक्सामै सवारी गर्दा खेरी बसमा यात्रु नआउदा १५,२० जना यात्रुलाई कसरी ५० मा लग्ने र लग्दा पनि चालक र तेलमा खर्च हुदा हामिलाई रुपैयाँ नबाचेको एक बस मालिकको तर्क छ।

यी जनकपुरदेखी यदुकूहासम्म चल्ने बस मात्रै नभएर धनुषाको ठाउँ ठाँउमा बस भित्र यात्रुको संख्या पुरै भरेको हुदा पनि अझै मान्छे कोचकी कोचै राखेको हुन्छ।यसमा बसेका आईमाई,विरामी,र अशक्त भएका जस्ता मान्छेहरुलाई पीडा र धक्का लागेर केही हुदा पनि उनिहरुलाई सिट नमिलाई कन बस हिडाइरहेको यात्रुको भनाई रहेको छ।झन त्यसमा विदेशी मान्छे भेटाउदा मान्छे र समान मिलाउदा नसुहाउदो पैसा मागेका समेत एक विदेशीको भनाइ छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्