बागमती नदीमा फसेका ब्यक्तिहरुलाई उद्धार दर्जनौं गाउँमा हाईएलर्ट।
Advertise Here Book Now

Jअमित ठाकुर।रौतहट।अाषाढ १८।नेपालभरी दुई दिन देखि लगातार परि रहेको बर्षाले रौतहटका दर्जनौं गाउँहरु फेरि डुवानमा पर्ने सम्भावना बनेका छन। राजदेवी नगरपालिका वडा नंबर ४ स्थित रहेको बागमती नदिको गडहीया तिर नदिको बिचमै फसेका १ सय भन्दा बढी ब्यक्तिहरुलाई रौतहट र सर्लाही प्रहरीको कोडिनेसनमा उद्धार गराएका छन। बागमती नदिमा डुङ्गाको सहारा नदिको अोहर दोहर गर्ने ब्यक्तिहरु अाज नदिमा एकासी पानी अाउँदा नदिको बिचमै फसेका ब्यक्तिहरुलाई सर्लाही प्रहरी टोली उद्धार गरेका छन। नदिमा फसेका ब्यक्तिहरु रौतहटकै रहेकोले सर्लाही जान न मान्दा र रौतहट तिर ती ब्यक्तिहरुलाई ल्याउन नसक्ने भएकोले दुवै जिल्लाका प्रहरी संग कोडिनेसन गरि सर्लाही तिर उद्धार गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ। गत साउन महिनाको अन्तयमा यस्तै लगातार बर्षाले गर्दा रौतहटको लालबकैया र बागमतीका बाँध दर्जनौं ठाउँमा तोड्दा रौतहट डुवानमा परेको थियो।गत बर्षको विनाशकारी बाढीमा परी १७ जनाको मृत्यु भएको थियो । बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । रौतहटको लालबकैया र बागमती नदी छेउमा रहेको दर्जनौं गाउँहरुमा जिल्ला प्रहरी कार्यालय रौतहट द्वरा हाईएलर्ट जारी गरेको प्रहरी निरीक्षक मनोज यादवले जनाएको छ। रौतहटको बागमती  नदीको छेउमा रहेको पताही,बतस्पुर,चण्डीया,मतसरी,पिपरा ,समनपुर सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरी परिचालन गरिएका छन । त्यस्तै लालबकैया नदीको छेउमा रहेको कोपवा,बन्जरहा,अौरैया,ईनर्वा,राजपुर,कटहरीया सहितको गाउँहरुमा नेपाल प्रहरी, शस्त्र प्रहरीको टोली परिचालनका साथसाथै नेपाली सेनाको टोली पनि उद्धारका लागि परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्