एमाओवादीलाई १० अर्ब दिए संविधानसभा खुल्छ : ओली
Advertise Here Book Now

  • 'पहिले पनि २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेका थियौं'

  • काठमाडौं, माघ १७ - एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीलाई २ देखि १० अर्ब रुपैयाँ दिए संविधानसभा खुल्ने दाबी गरेका छन् ।
    एमाले केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा ओलीले त्यस्तो दाबी गरेका हुन् । 'व्यवस्थापिका रोकिएको थियो, त्यो खोल्न २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि खुलेको थियो,' उनले दाबी थियो, '५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ । बाहिर उफ्राइ बन्द हुन्छ ।'
    उनले व्यवस्थापिका संसद खुलाउन एमाओवादीलाई कसरी रकम दिएको भन्ने खुलाएनन् । एमाओवादीले राजनीतिका नाममा तमासा गरिरहेको टिप्प्णी गरे ।

    'राजनीति होइन, तमासा हो, संविधान बनाउने होइन, बनाउने भए नबनाउनेसँग बाहिर तोडफोड किन मच्चाउने ?' उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा ओलीले युरोपियन युनियनले नेपाली समाजको चरित्र नबुझेकाले समावेशीको कुरा गरेको आरोप लगाए । 'युरोयिन देशमा इन्कुलुसिभ (समावेशी शासन) चल्याछ, उनीहरूलाई अरु थाहा छैन । नेपाल समाजको चरित्र बुझेका छैनन्' उनले भने, 'इन्कुलुसिभ भनेको हक होइन ।'                                                            -ekantipur

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्