Advertise Here Book Now


 जनकपुरधाम  कर्तिक २३ गते । प्रदेश २ बालात्कारको हव बन्दै गएको छ । प्राय जसो दिनहु बालात्कार हुन थालेपछि प्रदेश २ जिल्लाहरुका महिलाहरु असुरक्षित महशुस गर्दै त्रासमै भएको छ । प्रदेश २ मा महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधको अवस्था भयावह देखिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार चैत्र यता लकडाउनका समयमा मात्रै महिला हिंसा सम्बन्धी करीब तीन सय घटनाहरु बाहिर आएका छन् ।जुन अन्य प्रदेशको तुलनामा निकै बढी हो । प्रहरीका अनुसार यस अवधीमा सबैभन्दा बढी जबरजस्तीकरणीका एक सय ९७ र जबरजस्ती करणी उद्योग ४८ घटनाहरु बाहिर आएका छन् । त्यसैगरी लकडाउनको अवधिमा बोक्सी आरोपका १३ र बालबिवाहका चार वटा घटना भएको तथ्यांकले देखाएको छ । यी बाहेकका अधिकांश घटना प्रहरीमा नपुग्दै विभिन्न प्रलोभन, डर र सामाजिक प्रतिष्ठाका नाममा गुपचुप भएका हुनसक्ने प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले बताउनुभयो । प्रहरीसम्म पुगेका घटनामध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको पनि उहाँले बताउनुभयो । घरेलु हिंसाका घटनामा स्थानीय कचहरी बसेर मिलापत्र गर्ने प्रवृत्तिले पनि ठाउँठाउँमा निरन्तरता पाउँदा पीडितले न्याय नपाएको उहाँको भनाइ छ ।

‘मनोपरामर्श वा उपचारपछि पनि पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहन्छ,’ लैंगिक विज्ञ सुनीलकुमार साह भन्छन्, ‘परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूको पीडा कम हुन्छ। तर प्रायः पीडितले समाजको साथ पाउँदैनन्। पीडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म उसले सामाजिक न्यायको अनुभूति पनि गर्न सक्दैन। यस्ता कतिपय घटनालाई परिवार, समाजमै दबाइन्छ, मिलाइन्छ। मुद्दा चलाए पनि फैसला चाँडै हुँदैन। फैसला भएर पीडक जेलमा पुगे पनि पीडितलाई समाजले स्वीकार नगरेको डिआईजी शिहंले वताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्