गच्छ्दारलाई अंगालो हाल्दै ओलीले भने- ‘इस जोड़ी को किसी की नजर ना लगे’
Advertise Here Book Now

आज संवाद समिति सभापति डा। बाबुराम भट्टराईले बोलाएको बैठकमा ओली पनि पुगे, र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार पनि पुगे । संसद सचिवालयको एउटा हलमा दुवै नेता बसे ।
बैठकको फोटो खिच्न सञ्चारकर्मीहरु भित्र पस्दा ओली र गच्छदार सँगै बसेका थिए । सञ्चारकर्मीहरुले उनीहरु सँगै बसेको देख्दा निकै चासो देखाए ।
सञ्चारकर्मीको चासोलाई ध्यानमा राखेर ओली र गच्छदारले अलिकति अंगालो नै हाले, त्यसपछि ओलीले एउटा हिन्दी उखान भने, ‘इस जोड़ी को किसी की नजर लग न जाए ।’
ओलीको उखानले बैठक कक्षमा हासो गुन्जियो । अलि पर बसेका एमाले महासचिव इश्वर पोखरेलले ओलीको उखानमा कुरा थपे, ‘नजर लाग्ला, त्यसैले उहाँहरु दुईजनालाई कालो टिका लगाइदिनुपर्छ ।’
अरुको नजर लाग्छ भनेर कालो टिका लगाउने संस्कृति रहेको छ, त्यही भएर पोखरेलले सकारात्मक अर्थमा कालो टिका लगाइदिनुपर्छ भनेका हुन् ।
मधेसी मोर्चाले ओलीसहित एमाले नेताहरुलाई बहिष्कार गर्ने निर्णय गरे पनि मोर्चाका संयोजक विजय गच्छदार विवाद बढाउने पक्षमा नरहेको बताइन्छ ।
मोर्चाको एक घटक सदभावना पार्टी भने ओलीको खिलाफमा रहँदै आएको छ । सदभावनाको दवाबमा मोर्चाले त्यस्तो निर्णय गरे पनि एमाले बहिष्कारलाई निरन्तरता दिन मोर्चालाई अप्ठेरो भएको छ ।
-madheshkhabar