गान्धीगिरीमा सिके राउत
Advertise Here Book Now

महात्मा गान्धीले भनेका थिए, कसैले एउटा गालामा थप्पड हान्यो भने अर्को गाला थाप्नु ।’ ठीक यही पदचाप पछ्याउँदै राज्य विप्लवको मुद्दा खेपिरहेका सिके राउतले फुल अभियान शुरु गरेका छन् ।
नेपाल सरकार र प्रहरीले दमन गरेको भन्दै त्यसको प्रतिकार गर्नुको सट्टा सिके राउतले पुस २५ गतेदेखि फुल आन्दोलनको घोषणा गरेका छन् । यस आन्दोलन अन्तरगत दमन गर्नेहरुलाई फूल दिएर जवाफ दिने बताइएको छ ।
सिके राउतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,
‘नेपाल सरकार र प्रहरीको दमनको प्रत्युत्तरमा हामीले यही पुस २५ गते ‘फुल आन्दोलनु शुरु गरेको कुरा पनि यही प्रेस(विज्ञप्ति मार्फत् समस्त जनतामा जाहेर गराउन चाहन्छौं। प्रहरीले जतिसुकै दमन गरे पनि, जतिसुकै चोट दिए पनि, हामीले प्रत्युत्तरमा फुल ९पुष्प० नै दिनेछौं भन्ने अहिंसात्मक प्रेमपूर्ण प्रतिबद्धताका साथ यस शान्तिपूर्ण फुल आन्दोलनलाई सफल बनाउन सबैलाई हामी हार्दिक अनुरोध पनि गर्दछौं।’
राउतले राज्यपक्षले जति उक्साए पनि त्यसको उत्तेजित नहुन र प्रतिकार नगर्न आग्रहसमेत गरेका छन् ।