गंगा नदीमा २०० भन्दा बढी शव तैरिरहेको फेला, कानपुरमा हंगामा
Advertise Here Book Now
भारतकाे उत्तर प्रदेशस्थित कानपुर उन्नावमा पर्ने गंगा नदीको किनारामा २०० भन्दा बढी शव पानी माथि तैरिरहेको अवस्थामा फेला परेको छ । ती शवहरू कुकुर, चीलले अाफ्नो खाना बनाइरहेको समाचारहरूमा जनाइएको छ । बालबालिका, बृद्धबृद्धाकाे शव धेरै मात्रमा देखिएको बताइएको छ ।
भारतीय अनलाइन समाचार नवभारत टाइम्सले १०४ शव फेला परेको जनाएको छ भने भास्करले २०० भन्दा बढीको लाश फेला परेको जनाएको छ ।यो सुचना पाउनसाथ कानपुरमा हंगामा मच्चिएको छ । अहिले उक्त स्थानमा कानपुरका उच्च अधिकारीहरू पुगिसकेका छन् ।
कतिपयले ती शव निकालेर अन्तिम संस्कार गर्ने तयारी गरेका छन् भने बीजेपीका प्रदेश अध्यक्ष लक्ष्मीकान्त बाजपेयीले पोस्टमार्टम गर्नुपर्ने बताएका छन् । केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले यस विषयमा गम्भीर छानबिन हुने बताइएको छ । यति धेरै शव एकैपटक गंगामा कसरी जम्मा भयो भन्नेबारे उल्लेख गरिएको छैन ।-एजेन्सी