Interview,
Photo
»
म पनि पुरुषलाई बलात्कार गर्नसक्छु, मात्र ‘पिनस’ प्रयोग गर्नसक्तिनँः भसिन
म पनि पुरुषलाई बलात्कार गर्नसक्छु, मात्र ‘पिनस’ प्रयोग गर्नसक्तिनँः भसिन
Advertise Here Book Now
कमला भसिन दक्षिण एसियाका महिला अधिकारकर्मीका लागि श्रद्धेय नाम हो । ‘म भारतीयभन्दा बढी दक्षिण एसियाली नागरिक हुँ’ भन्ने भसिन नेपाली पुरुष तथा महिला अधिकारकर्मीका लागि करिव चार दशक अघिदेखि परिचित हुनुहुन्छ । भसिन वन बिलियन राइजिङु अभियानको १२ असोजमा हुने कार्यक्रम सफल पार्न काठमाडौंमा हुनुहुन्छ । उहाँलाई ‘प्रकृतिले पुरुष र महिला दुवैलाई कामुकता दिएको छ, तर कठोर कामुकता मेट्न पुरुष बलात्कारीको कलंक बोक्ने अवस्थामा पुग्छन्, महिलालाई यस प्रकारको कलंक बोक्ने अवस्था नै आउँदैन, यस मानेमा प्रकृतिले पुरुषलाई अभागी बनाएकै हो रु’ भनेर सोधिएको थियो । जबाफमा उहाँले भन्नुभयो– म हात–गोडा वा अरु अंगको प्रयोग गरेर तपाईंमाथि बलात्कार गर्नसक्छु, केबल पुरुष जनेन्द्रीय प्रयोग गर्न सक्तिनँ । ‘उर्लंदो सय करोड’ अर्थात् ‘वन बिलियन राइजिङ प्रोग्राम’ का दक्षिण एसियाली क्षेत्रका संयोजक भसिन विश्वकै नारीवादी वा फेमिनिस्ट महिलामा अग्र लहरमा पर्नुहुन्छ । साउथ एसियन फेमिनिस्ट नेटवर्क संगतका अध्यक्ष तथा जागोरीलगायत यस्ता दजनौं सस्थाको नेतृत्वमा रहेकी भसिनको पछिल्लो सर्वाधिक चासोको विषय १२ असोजको काठमाडौंमा हुने कार्यक्रम भएको छ । प्रज्ञाप्रतिष्ठानमा सो दिन २।३० बजे सुरु हुने ओबीआरलाई उहाँले ‘दक्षिण एसियाली ऐक्यवद्धताको उत्सव’ नाम दिनुभएको छ । विश्वका दश मुलुकका ३९ महिला अभियन्ता, कानुन व्यवसायी, धार्मिक अगुवा, संगतका विद्यार्थी र नेपालका सात सयभन्दा बढी अधिकारकर्मी सो समारोहमा सहभागी हुने उहाँको विश्वास छ । असोज १२ को कार्यक्रममा मीतो मेमोरियल अवार्ड सुप्रसिद्ध गायिका तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्मालाई प्रदान गरिंदै छ । डोल्मा भिक्षुणीहरुको एक टोलीका साथ कार्यक्रममा सहभागी हुनुहुनेछ । डोल्मालाई यो पुरस्कार गत सालकै लागि प्रदान गरिन लागेको हो । यस वर्षका लागि भने उपयुक्त पात्र नभेटेका कारण मीतो मेमोरियल अवार्डको रकम भारतको हिमाञ्चल प्रदेशका ४० युवा अधिकारकर्मीका विषयमा किताव लेख्न र प्रकाशित गर्नका लागि प्रदान गरिएको भसिनले बताउनुभयो । भसिनका अनुसार ओबीआर समारोहमा श्रीलंकेली अधिकारकर्मी अभयशेखराको स्मृतिमा सुरु गरिएको प्रवचन पनि हुनेछ । सेन्टर फर उमन्स ग्लोबल लिडरशिपका संस्थापक प्रा।सालोट बञ्च संगतका सहभागीलाई प्रवचन दिन न्यूयोर्कबाट सीधै काठमाडौंका लागि उड्दै हुनुहुन्छ । ओबीआरका अन्तर्राष्ट्रिय निर्देशक फिलिपिनो नागरिक मोनिक विल्सनले पनि कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।
Source:Enepalikhabar
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्