मधेशका जनताले दिएको मतको सत्तापक्षद्वारा दुरुपयोग गरिदै ः शरत सिंह भण्डारी
Advertise Here Book Now




रंजन भण्डारी

जलेश्वर, माघ २६ गते ।

सहमतिय प्रणालीबाट संबिधान नबनाए रक्तपान गर्न समेत तयार रहन सवैलाई आग्रह

मधेशका जनताले दिएको मतको सत्तापक्षले दुरुपयोग गरेको आरोप
रा.म.स.पा.का केन्द्रिय अध्यक्ष शरत सिंह भण्डारीले लगाएका छन । महोत्तरीको
क्षेत्र नं. ६ गौशालामा एमाओवादी लगायतका ३० दलिय मोर्चाले सोमवार
गरेको खवरदारी र भण्डाफोर कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि
भण्डारीले सत्तापक्षले जनादेश तोडने प्रयास समेत गरेको भनेका छन । जनताले
एमाले र कांग्रेसको खुलेरै प्रतिवाद गरी मधेशी जनताको हक र अधिकारको
रक्षागर्न आन्दोलनमा जनसमुदायलाई उत्रनु पर्ने समेत अपील गरेका छन ।

कार्यक्रममा तमलोपाका उपाध्यक्ष वृषेशचन्द्रलाल कर्ण,रामसपाका उपाध्यक्ष जयनुल
राईन,सदभावनाका सहमहामन्त्री देवेन्द्र यादव,एमाओवादीका केन्द्रिय सदस्य दिप
वहादुर योञ्जन,फोरम नेपालका केन्द्रिय सदस्य तेज नारायण यादव लगायतको
केन्द्रिय नेताहरुको उपस्थिति रहेको थियो भने रामसपाका सभासद धर्मेन्द्र
साहको समेत उपस्थिति रहेको थियो ।

मधेशी जनताको अधिकार संघिय संबिधान सहमतिय प्रणालीमा लागु नभए संबिधान
जलाउने कार्यक्रममा उपस्थित मोर्चाका जिल्ला स्तरिय नेताहरु अभिराम शर्मा ,
संजय सिंह,राम नरेश राय,सुरेश साह,रामवावु साह,नरेन्द्र यादव लगायतका
वक्ताहरुले बताएका छन । कार्यक्रमको अध्यक्षता शेष जमिरले गरेका थिए भने
स्वागत मन्तव्य काशी महतोले गरेका थिए ।

एमाओवादीका सुचना प्रमुख सत्येन्द्र यादवले मंगलवार क्षेत्र नं. ५को
भण्डाफोर कार्यक्रम रामगोपालपुरमा हुने जनाएका छन । साथै महोत्तरीको
डाम्ही मडै गाविसमा ३० दलिय मोर्चाको गाउ कमिटी एमाओवादीका अध्यक्ष
दिपेन्द्र झाको नेतृत्वमा गठन गरिएको समेत जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्