गच्छदारको आजबाट लाइन फरक, विपक्षमा दुई धार
Advertise Here Book Now
फोरम लोकतान्त्रिकले संसदीय समितिहरु समेत बहिष्कार गर्ने एमाओवादी लाइन औपचारिक रुपमै अस्वीकार गरेको छ । सो पार्टीका सभासद जनकराज चौधरी सभापति रहेको वातावरण संरक्षण समितिको आज बैठक राखिएकाे हाे। बैठक राखिएसँगै संसदीय समिति बहिष्कार सम्बन्धमा विपक्षमा दुई धार देखिएकाे छ ।
विपक्षी गठवन्धनका सभासद सभापति रहेको समितिको बैठक अहिलेसम्म बसेको थिएन । थरुहट तराई पार्टीकी सभासद् गंगा चौधरी सत्गौवा विधायन समितिको सभापति छिन् । उनी भन्छिन्, ‘म बैठक बोलाउँदिन । विपक्षी गठवन्धनका जायज माग पूरा नभएसम्म विधायन समितिको बैठक बोलाउने कुनै योजना छैन ।’
विपक्षी गठवन्धनमै रहेको फोरम लोकतान्त्रिकका सभासद नेतृत्वको वातावरण समितिको बैठक राखिएपछि विपक्षी गठवन्धनमा स्पष्ट दुई धार देखिएको हो । फोरम लोकतान्त्रिकले आन्दोलनको औचित्य नरहेको पनि बताउँदै आएको छ ।
एमाओदी सभासद् नेतृत्वको सार्वजनिक लेखा समिति र अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिहरु क्रमश जनार्दन शर्मा प्रभाकर र प्रभु साहले भने बहिष्कारलाई निरन्तरता दिने भएका छन् । तर, प्रतिपक्षमै रहेको राप्रपा नेपालका सुशील श्रेष्ठ नेतृत्वको सामाजिक न्याय तथा मानवअधिकार समितिको भने बैठक बसिरहेको छ ।
फोरम लोकतान्त्रिकले संसदीय समिति बहिष्कार नगर्ने नीति स्पष्ट रुपमा लिएपछि त्यसको प्रभाव मधेस आधारित अन्य दलहरुमा के पर्छ भन्ने उत्सुकताको विषय भएको छ । -newsvitta