नेताले क्याम्पसमै गएर प्राध्यापक बलात्कार गरेपछि…
Advertise Here Book Now

नयाँ दिल्ली । एक क्याम्पसमा सहप्राध्यापकको रुपमा काम गरिरहेकी एक महिलाले दिल्ली भाजपाका पूर्व विधायक विरुद्ध बलात्कारको मुद्दा दर्ता गराएकी छन् ।
मुद्दा दर्ता गर्ने महिलाले आफ्नै क्याम्पसको च्याम्बरमा बोलाएर बलात्कार गरेको उल्लेख गरेकी छन् । उनले एफआईआरमा ज्यान मार्ने धम्की दिएको पनि उल्लेख गरेकी छन् ।
ती पूर्व विधायकले २९ जुलाई २०१३ मा कलेज भर्ना गरेका थिए । उनको मुद्दामा भनिएको छ, ‘उनले. २२ अगस्ट २०१३ मा मलाई मूट कोर्टमा एक्लै सम्झिएर हग गरे ।’
उनले १८ अक्टुबरमा आफ्नो च्याम्बरमा बोलाएर हात समातेर कुर्सीमा बसाई जबरजस्ती विवाहको दबाब दिदा उनीमाथि जबरजस्ती गरेका थिए ।
विरोधका बाबजुद पनि विधायकले लगातार आफ्नो घर बोलाउने र विभिन्न म्यासेज समेत पठाउने गरेको उनले उल्लेख गरेकी छन् ।
–एजेन्सीको सहयोगमा

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्