एउटा विद्यालय जहा विद्यार्थीको हाजिरी अग्रिम गरिन्छ
Advertise Here Book Now

जलेश्वर, फाल्गुन ७ गते ।DSC05648
महोत्तरी जिल्लामा एउटा यस्तो विद्यालय फेला परेको छ जहा भोली र पर्सी हुनु पर्ने हाजिरी आजै गरिन्छ ।
जिल्लाको जलेश्वर नगरपालिका वडा नं.१४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महादेवपटटीमा वाल विकासद्वारा संचालित कक्षा १ को विद्यार्थी हाजिरी रजिष्टरमा ६ गते निरिक्षण गर्दा ८ गते सम्मको विद्यार्थीको हाजिरी भैसकेको पाइएको छ ।
पहिले गाविस तर हालको नगरपालिका रहेको महादेवपटटीका विद्यालयका संस्थापक एवं पुर्व गाविस अध्यक्ष हुकुमदेव सदा,नागरिक समाज र स्थानियहरु विद्यालयमा नियमित पढाई भैरहेको छ कि छैन भनी निरिक्षण गर्न जादा यस्तो रहस्य खुलेको हो । कोल्हुवा वगेया का विमल पाण्डेय प्रधानाध्यापक रहेको सो विद्यालयमा पढाई नियमित नहुने ,शिक्षकहरु विद्यालय नआउने र जिल्ला शिक्षा कार्यालयको समेत मिलोमतोमा प्रधानाध्यापकले अनियमितता गरिरहेको जनगुनासो आएपछि सदा लगायतका टोली विद्यालय निरिक्षणमा पुगेका थिए ।
सो कक्षा की शिक्षिका नुतन तिवारी रहेकी र प्रधानाध्यापकको संरक्षणमा नै उनले यस्तो काम गरेकी निरिक्षण टोलीले बताएका छन । सोही क्रममा शिक्षकहरुको हाजिरी ३ गते सम्मको मात्र भेटिएको र शिक्षा अधिकारीलाई जानकारी गराउदा विद्यालयमा निरिक्षक पठाउने आश्वासन दिएको सदाले जनाएका छन । प्रधानाध्यापकसंग फोन सम्पर्क गर्दा हुन सकेको छैन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्