आयोजक अष्ट्रेलियाको शानदार सुरुवात, इङ्गल्याण्ड एक सय ११ रनले पराजित
Advertise Here Book Now
फाल्गुन २ । शनिबारबाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले शानदार सुरुवात गरेको छ । अष्ट्रेलियाले मेलबर्नमा भएको खेलमा इङ्गल्याण्डलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले ९ विकेटको क्षतिमा तीन सय ४२ रन बनायो ।
बिशाल स्कोर खडा गर्ने क्रममा म्यान अफ द म्याच आरोन फिन्चले यो विश्वकपको पहिलो सतक बनाए । उनले एक सय २८ बलको सामना गर्दै एक सय ३५ रन जोडेका थिए । त्यस्तै म्याक्सवेलको ६५ रन र कप्तान बेलीको ५५ रनको सहयोगमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाउँदै ३४२ रन बनायो ।
विश्वकप २०१५ को पहिलो हृयाट्रिक लिएका इंङ्लिस बलर स्टिभन फिनले १० ओभरमा ७१ रन दिएर ५ विकेट लिए ।
जवाफमा इङ्गल्याण्डले ४१ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ३१ रनमात्र बनाउन सक्यो ।
जेम्स टेलरले अविजित रहँदै ९८ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । अष्ट्रेलियाका मिचेल मार्सले ५ विकेट लिए । ९ ओभरमा उनले मात्र ३३ रन दिए । मिचेल स्टार्क र मिचेल जोनशोनले समान २-२ विकेट लिए ।