वर्तमान सरकार रोगी भइ थला परिसकेको छ: उपेन्द्र यादव
Advertise Here Book Now
जनकपुरधाम ,फागुन १ गते ।
मधेशी जनअधिकार फ्mोरम नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सहमतीय संविधानका लागि सत्तापक्षले माघ ११ गते संविधानसभालाई सेनाको व्यारेकमा परिणत गरी बनाएको प्रश्नावली समिति फिर्ता लिनुपर्ने बताए । शुक्रबार जनकपुरमा केिन्द्रय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै आयोजित पत्रकार सम्मेलनमा उनले पहिचान सहितको संघिय गणतान्त्रिक संविधान निर्माणका लागि सडक आन्दोलन आवश्यक रहेको अध्यक्ष यादवले बताए ।
सत्तारुढ कांग्रेस एमाले परिवर्तनको मुद्दालाई स्वीकार गर्न तयार नभएकाले सडक संघर्ष गर्न बाध्य भएको उनले बताए ।विगतमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग स्वायत्त मधेश प्रदेशको लागि भएको सहमती लागु गर्नुपर्नेमा उनले जोड दिए ।
सशस्त्र आन्दोलन, मधेश आन्दोलन र जनजातीको आन्दोलन तथा अन्य शक्तिहरुसंग भएका विभिन्न सम्झौत र सहमतीहरु तत्काल कार्यान्वयन गर्न समेत अध्यक्ष यादवले माँग गरेका छन् ।
बहुमतको नाममा कांग्रेस–एमाले यथास्थितीवादी सोचले अगाडी बढेको कारण संविधान निर्माणमा समस्या उत्पन्न भएको बताए ।
कांग्रेस–एमालेले समावेशीकरणको आत्मसात गर्न नचाहेकाले संविधान निर्माणमा समस्या भएको हो अध्यक्ष यादवले बताए ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले समानान्तर सरकारबारे दिएको अभिव्यक्तिप्रति असहमती जेनाउदैँ अध्यक्ष यादवले हामी सहमतीय संविधानको पक्षमा रहेको बताए ।
वर्तमान सरकारबारे टिप्पणी गर्दै उनले भने–रोगी विरामीहरुको सरकार धेरै दिन नटिक्ने बरु कांग्रेस–एमाले नेतृत्वको सरकार जुनसुकै बेला आफै ढल्ने छ । तर हामी समावेशी र विभेद रहित तथा सहमतीय संविधानको पक्षमा रहेको उनले जिकीर गरे ।
माघ २८ र २९ गते देखि जारी केन्द्रिय समितिको बैठकको जानकारी दिदैँ अध्यक्ष यादवले वर्तमान सरकारले पेलेर जान खोजेकाले आन्दोलनको विकल्प नरहेकाले व्यवस्थित रुपमा कडा ढंगले सडक र सदन भित्रबाट आन्दोलन गर्ने बताए ।
सो आन्दोलनका लागि आफ्नै नेतृत्वमा ९ सदस्यीय केन्द्रिय आन्दोलन परिचालन समिति निर्माण गरेको जानकारी गराए । आन्दोलनका लागि केन्द्रिय परिचालन समिति, क्षेत्रीय परिचालन समिति, जिल्ला परिचालन समिति र निर्वाचन परिचालन समिति गठन गर्ने बताए ।