लुटेको रकमले मदिरा पिउँन खोज्दा दुई लुटेरा परे प्रहरी फन्दामा
Advertise Here Book Now
सप्तरी, २० माघ । बैंकबाट रकम झिकेर घरतर्फ जाँदै गरेको अवस्थामा रकम लुट्ने दुई लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरेर पक्राउ परेका दुबै लुटेरालाईसार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको छिन्नमस्ता गाविस–५ महुवा टोल निवासी २५ वर्षिय पंकज यादव र ६ का २३ वर्षिय सानु राय रहेका छन् । राष्ट्रिय वाणिज्य बैंक कठौना बजारबाट आइतबार दिउँसो रकम झिकेर मधुपटी गाविस–१ निवासी राजकुमारी चौधरी साइकल चढेर घरतर्फ जाँदै गरेको अवस्थामा उनको रकम लुटेको थियो ।

स. ५ प. ५१६ नम्बरको मोटरसाईकलमा आएका दुई जनाले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ स्थित काष्ठ उद्योग नजिकै चौधरीले चढेको साइकल अगाडी मोटरसाइकल रोकेर व्याग र त्यसमा रहेको १ लाख नगद तथा दुई थान मोबाइल लुटेका थिए ।
रकम लुटेको करिब एक घण्टापछि प्रहरीलाई खबर भएपछि प्रहरीले मोटरसाइकल नम्बर पत्ता लगाई खोजबिन तिब्र पारेको प्रहरी नायब उपरीक्षक केदार ढकालले जानकारी दिए । बरामद गरिएको रकम मध्ये १ हजार रुपैयाको उनीहरुले मदिरा सेवन गरिसकेका अवस्थामा पक्राउ परेको प्रहरीको भनाई छ ।