लाज छोप्न मुसहर वस्तीको घरघरमा चर्पी ,सरसफाई अभियान तिब्र
Advertise Here Book Now
लहान , ३ फागुन । जीन्स पाईन्ट, चेक सर्ट र यसमा पनि मधेशीको शान गम्छा लगाएर देख्दा भोजपुरिया हिरो दिनेश लाल जस्तो देखिने दीपाली सदायले तीन दिनभित्र चर्पी बनाएर यसैमा लाज छोप्ने प्रतिबद्धता गर्दै चर्पी बनाउंन थाले । यो लहान २० (साविक गाविस ब्रह्मान गोर्छारी) हो । गाउंका सबै लाज छोप्न चर्पीमा दिशा गर्न थालेपछि सदाय पनि प्रयासमा थिए । सोही बेला नेवाको सहयोगमा रिंग र प्यानलगायतको सामाग्री सहयोग गरेपछि सदाय चर्पी तयार गर्न थालिहाले । उनकै छिमेकी अमेरिका सदाय भन्छन्— ‘१० दिन पहिले चर्पी बनाएर लाज छोप्ने मात्रै कहां हो र । समयको बचतसंगै विभिन्न खतराबाट मुक्त हुन पाएको छु ।’
ढली सदाय एकल महिला दूई छाक टार्न धौ धौं छ । तर, लाज छोप्न आफ्नै मेहन पसिनाले चर्पी निर्माण गर्न लाग्दा स्थानीय कर्मचारीहरुले सहयोग गरेको नेवाका सहजकर्ता संजीव ठाकुर बताउंछन् । बुधनी सदायले ‘मेरा पति विदेश गएका छन्, चर्पी बनाउंन गाउंलेहरु मिलेर सहयोग गरियो । म चाही पक्की चर्पी नै बनाएर प्रयोगमा ल्याएको छु ।’ पक्की चर्पी बनाउंन १८ हजार जति लाग्छ भने साधारण चर्पीमा ६ हजार जति लाग्ने गरेको छ । ब्रह्मान गोर्छारी खुल्ला दिशामुक्त क्षेत्र घोषणाको तयारीमा रहेको छ भने दलित बस्तीमा ५ घरमा चर्पी निर्माणको काम बांकी रहेको छ । नेवाका शंकर दहाल भन्छन् — दूई दिनभित्र बांकी सबैको घरमा चर्पी हुन्छ र चैत्र १० गते खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुपर्ने थियो तर, डिवाससीसीका अध्यक्ष एवं एलडिओ साहेव जिल्ला बाहिर रहेकोले अर्को मितिमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।’ त्यस वडामा १ सय ४१ घरधुरी रहेको छ भने ३५ चर्पीको सुधार गर्ने काम भइरहेको छ ।
यतिबेला ब्रह्मान गोर्छारमा के धनी के गरिब के दलित के सुकुम्वासी सबैको बारी र घर अगाडि चर्पी तयार रहेको छ । स्रोत :नव्संग्राम दैनिक