थापाको पार्थिव शरीर श्रद्धाञ्जलिको लागि पार्टी कार्यालयमा
Advertise Here Book Now

                                         शुर्य बहादुर थापाको निधन 

ऑनलाइन सिरहा डटकम /बैशाख ४– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिको लागि चाबाहिलस्थित पार्टी कार्यालयमा राखिएको छ।
थापाको आजै राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको आकस्मिक बैठकले उनको शोकमा शुक्रबार सार्वजनिक विदा दिने, सरकारी कार्यालय तथा कुटनीतिक नियोगमा एक दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
थापाको पार्थिव शरीर विहीबार साँझ भारतीय एयर फोर्सको विशेष विमानबाट काठमाडौं ल्याइएको थियो। थापाको अन्तिम संस्कारको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। सरकारको तर्फबाट सचिव नारायण गोपाल मलेगु र परिवारका तर्फबाट नाति सिद्धार्थ थापा समितिका सदस्य छन्।
थापाको पार्थिव शरीर श्रद्धाञ्जलिको लागि शुक्रवार विहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा र १ बजेदेखि दशरथ रंगशालामा राखिनेछ। अपरान्ह चार बजे राजकीय सम्मानका साथ आर्यघाटमा दाहसंस्कार गरिने छ।
थापाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा बुधवार राति ८८ वर्षको उमेरमा निधन भएको थियो। राप्रपा नेपालका वरिष्ठ नेतासमेत रहेका थापाको आन्द्राको सफल सल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका थिए। तर, बुधबार साँझ अचानक स्वासप्रस्वासमा समस्या बढेपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो। उनको उपचारको क्रममा बुधबार राति नै १०: ४४ बजे निधन भएको थियो।
धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक नेपालका प्रधानमन्त्री बनेका थिए। २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकारसभामा थापा अध्यक्ष थिए भने पछिल्लो पटक शाही कालमा प्रधानमन्त्री भएका थिए।




Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्