साथीलाई गाडी चलाउन सिकाउदा, आफ्नै ज्यान गयो
Advertise Here Book Now

सिद्धार्थनगर नगरपालिका- ६ घर भई क्यामरुन हाईलैण्डको आहुङ कम्पनीमा कार्यरत अन्दाजी २८ वर्षका अर्जुन थापा क्षेत्रीको सवारी दुर्घटनामा परि मृत्यु भएको हो ।
वुधवार साँझ करिव ५ वजेतिर क्यामरुन हाईलैण्डको वुलवुले घुम्तिमा सवारी साधन दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गाडि सडकवाट करीव ६० मिटर तल खसेको रुद्र शर्माले जानकारी गराएका छन ।
गाडीमा रहेका म्यानमारका साथीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । अर्जुन करीव ११ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए ।
शव पोष्टमार्टम पश्चात नेपाल पठाउने तयारी भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन् ।