बुआमासँग कारागारमा रहेका बालबालिकालाई बालग्राममा हस्तान्तरण
Advertise Here Book Now
बालबालिका जिम्मा लिएपछि एओएस बालग्राम इटहरीका गोविन्द मास्केले पढ्न चाहने बालबालिकालाई स्नातकोत्तर सम्मको पढाइ खर्च र खानबस्नको व्यवस्था बालग्रामले गर्ने बताए । साथै, पारिवारिक वातावरण भएकाले बालबालिकाहरु बालग्राममै रमाउने उनले बताए । बालग्रामलाई १५ वर्षीय टीकामाया लिम्बू, १३ वर्षीय मित्रमाया लिम्बू, ११ वर्षीय लक्ष्मीप्रसाद लिम्बू, ८ वर्षीय विशाल लिम्बू र ७ वर्षीय विमल लिम्बूलाई जिम्मा लगाएको बालबालिका अधिकृत हरि दाहालले बताए ।
बालबालिकाको बुबा धनकुमार लिम्बू र आमा डिल्लीमाया लिम्बू कर्तब्य ज्यान मुद्दामा कैद जीवन बिताइरहेका छन् । धनकुमारलाई १० वर्ष र डिल्लीमायालाई आजीवन कारावास राख्ने फैसला अदालतको रहेको छ ।
बालबालिका हस्तान्तरण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहाल र महिला तथा बालबालिका कार्यालयकी प्रमुख गीता न्यौपानेले बालबालिकाको उज्ज्वल भविष्यको लागि बालग्रामको सहयोग महत्त्वपूर्ण हुने बताए ।