सप्तरीमा प्रहरी र मधेशवादी दल बिच झाडप करिब डेढ दर्जन घाइते
Advertise Here Book Now

सप्तरीमा प्रहरी र मधेशवादी दल बिच झाडप करिब डेढ दर्जन घाइते अरुण कुमार यादव राजविराज , ४ साउन् । संविधान सभाको मस्यौदामाथी सुझाव संकलन गर्ने क्रममा सप्तरीको सदरमुकाम राजविराजसहित दुई ठाउामा आज प्रहरी र मधेशवादी दल बिच झडप भएको छ । प्रहरी सागको झडपमा पर करिब डेढ दर्जन मधेसी नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् सप्तरीको क्षेत्र नंं २ स्थित पुर्व–पश्चिम राजमार्ग अन्र्तगत भारदहमा आज मधेशवादी दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परि घाइते हुनेमा संघीय समाजवादी फोरमका क्षेत्रीय अध्यक्ष विरेन्द्र माझी, जोगेन्द्र यादव, सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष बिकास तिवारी सहित १ दर्जन नेता तथा कार्यकर्ता रहेको संघीय समाजवादी फोरमले जनाएको छ । सो झडपमा परि एक प्रहरी समेत घाइते भएको प्रहरीले बताएको छ । आन्दोलनकारीहरुले अहिले पनि पुर्व– पश्चिम राजमार्ग अवरुद्ध गरि बजार, पसल समेत बन्द गराएका छन ्। बजार पसल र यातायात बन्द भएपछि सो क्षेत्रको अवस्था तनाव ग्रस्त रहेको बताएको छ । त्यस्तै आज राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा सभासद उमेशकुमार यादव, रञ्जु ठाकुर, सकलदेव सुतिहार, मिथिला चौधरी लगायतको उपस्थितिमा आयोजता गरिुको सबिधान सभाको मास्यौदामाथी सुझाव संकलन गर्ने क्रममा संघीय समाजवादी फोरम, सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीका सहितका नेता तथा कार्यकर्ताहरुले जिल्ला विकास समिति सप्तरीको परिसरमा नारावाजी गर्दै संविधानको मस्यौदा जलाएका छन् । यस्तै जिवीस परसरमा नारावाजी गर्नेक्रमा प्रहरी साग झडप हुदा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साह, जिल्ला अध्यक्ष दिनेश यादव, उमेशकुमार यादव, नवनित झा सदभावनाका दिनेशकुमार यादव, मुकेश झा लगायत आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन ्। घाइते सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्