रौतहटमा प्रधानमन्त्रीसहितका नेताहरुको शवयात्रा
Advertise Here Book Now

rautahat-ma-masal-julusराकेश यादव, रौतहट ७ भदौ । रौतहटको गरुडा बजारमा प्रमुख तीन दलका शिर्ष नेताहरुको शव यात्रा निकालिएको छ । प्रदेशको सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शवयात्रासहितको मलामी जुलुस निकालेको हो ।
आन्दोलनकारीले मधेश बन्दकै क्रममा प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शवयात्रा निकालेका छन् ।
मधेश विरोधी निर्णय गरेकाले मधेशीका लागि मरेतुल्य भएको भन्दै प्रदर्शनकारीले मुख्य तीन दलका नेताहरुको कृत्रिम शव बनाई मलामी जुलुस निकालेको जनाएका छन् । मलामी जुलुसमा हजारौको संख्यामा प्रदर्शनकारीहरुको सहभागिता रहेको थियो । जुलुसले नगर पत्रिक्रमा गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्