बोलबम यात्रु सवार जिप सप्तकोसीमा खस्यो, उन्नाइस घाइते
Advertise Here Book Now

बोलबम यात्रु सवार जिप सप्तकोसीमा खस्यो, उन्नाइस घाइतेविराटनगर, १७ साउन । बोलबम यात्रु बोकेको जिप आज अपराह्न सप्तकोसी नदीमा खस्दा जिपमा सवार १९ श्रद्धालु घाइते भएका छन् । सुनसरीको चतराबाट बराहक्षेत्र जाँदै गरेको को १ ज १३९ नम्बरको सो जिप बराह क्षेत्र–१ स्थित सडकखण्डबाट सप्तकोसी नदीमा खसेको थियो ।
घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ । उनीहरुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्