२३ औ स्मृति दिवस तथा २१ औ प्रकाश मानवअधिकार पुरस्कार २०७१ मन्त्री पंडितद्धारा सप्तरीका बरिष्ठ पत्रकार बैद्यनाथ झा सम्मानित
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम / अरुण यादव राजविराज, १६ साउन । समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली जनताको भावना अनुसार लोकतान्त्रिक संबिधान छिटै जारी हुने बताउनुभएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २३ औ स्मृति दिवस तथा २१ औ प्रकाश मानवअधिकार पुरस्कार २०७१ को अवसरमा आज राजविराजमा आयोजित पुरस्कार बितरण कार्यक्रममा बोल्नहुादै मन्त्री पण्डितले राजनीतिक दलहरुको सहमतिको आधारमा छिटै संबिधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । जनताबाट प्राप्त भएका सुझावको आधारमा संबिधान निर्माण गर्न संबिधानसभाका समितिहरुले कार्य गरिरहेकाले छिटै जनताले चाहेको संबिधान पाउने बताउनुहुादै उहााले अब बन्ने संबिधानले सबैको अधिकारको ग्यारेन्टी गर्ने बताउनुभयो । संबिधान निर्माण पश्चात मुलुकमा विकासको गतिले तिब्रता लिने विश्वास व्यक्त गर्नुहुादै उहााले सबै मिलेर लोकतान्त्रिक संबिधान निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । मुलुक श्रोत र साधनको हिसाबाले सम्बृद्ध हुादाहुादै पनि नेपाली युवाहरु रोजगारीका लागि बिदेशीनुपर्ने अवस्था रहेको चर्चा गर्नुहुादै मन्त्री पण्डितले अबको १० बर्षभित्र नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने योजना सरकारले बनाउन लागेको जानकारी दिनु बताउनुभयो । बिदेशबाट आएको रेमिटयान्स उत्पादनशील क्षेत्रमा भन्दा अनुउत्पादक क्षेत्रमा लगानी हुादै आएको बताउनुहुादे उहााले रेमिट्यान्सलाई उद्योग, कलकारखाना स्थापनामा लगाउन सकिए मुलुक सम्बृद्धिको बाटोमा अघि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक संक्रमणका कारण मुलुकमा दण्डहिनता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्नुहुादै राज्यले मानवअधिकारको रक्षाको सबालमा गम्भीर नभएको आरोप लगाउनुभयो । सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, जिल्ला अदालतका न्यायाधिश रामप्रसाद अधिकारी लागतयले बोल्नुभयो । आजको २१ औ प्रकाश स्मृति दिवस २०७१ कार्यक्रमा प्रमुख अतिथि समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सप्तरीका बरिष्ठ पत्रकार बैद्यनाथ झालाई सक्रिय भएर मावअधिकार र पत्रकारीता क्षेत्रमा काम गरेबापत रु ५० हजा नगद सहित दोसाला बढाएर समान गर्नुभयो । समानित झा बिगत चार दशक देखि मानवअधिकार अभियान र पत्रकारीता क्षेत्रमा क्रियासिल भई कार्य गदै आउनुभएको छ । राजविराजबाट प्काशित हुने वातावरण दैनिकका प्रकाशक/सम्पादक समेत रहनुभएका वरिष्ठ पत्रकार झाले भन्नुभयो मैले पाएको पुरस्कार राशी रु ५० हजारको रकम अक्षय कोषमा जम्मा गरि यसबाट आएको ब्याजको रकम अब आउने प्रत्येक बर्ष प्रकाश मान स्मृति दिवसको अवसर पारेर यहाा मानवअधिकार र पत्रकारीता क्षेत्रमा सक्रिय भएर काम गर्ने युवालाई प्रदान गर्ने बताउनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्