भारदह गोली काण्ड, प्रशासन र आन्दोलनकारी बीच ६ बुँदे सहमति
Advertise Here Book Now


बैठकमा सहभागी दायाँबाट क्रमशः एसपी कर्माचार्य, प्रजिअ यादव र सशस्त्र गणपति बोहरा ।ऑनलाइन सिरहा डटकम /गत मंगलबार प्रहरीको गोली लागि मृत्यु भएका भारदह–१ का राजिव राउतलाई शहिद घोषणा लगायत ९ सुत्रिय माग राखेर आन्दोलनरत संयुक्त मधेशी मोर्चा र स्थानीय प्रशासन बीच शनिबार सर्वपक्षीय र सर्वदलीय बैठक सम्पन्न भएको छ ।
प्रजिअ बिरेन्द्र कुमार यादवको अध्यक्षतामा सप्तरी स्थित सुरक्षा प्र्रमुख र विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेता, नागरिक समाज, बुद्धिजिवी, उद्योगी व्यापारी, संचारकर्मी लगायतको उपस्थितिमा ६ सुत्रिय निर्णय भएको संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य शम्भु झाले संचारकर्मीहरुलाई बताए ।


सर्वपक्षीय बैठकमा नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्य र सशस्त्र सिमा प्रहरीका एसपी मण्डल ।
सर्वपक्षीय बैठकमा नेपाली सेनाका कर्णेल भुवनेश्वर आचार्य र सशस्त्र सिमा प्रहरीका एसपी मण्डल
बैठकले मृतक राजिव भने राजेन्द्र कुमार राउतलाई शहीद घोषणा, मृतक परिवारलाई २० लाख क्षतिपुर्ति, घटनाको उच्च स्तरीय न्यायिक छानविन समिति गठन, मृतकका श्रीमतीलाई स्थायी रोजगारी र दुई सन्तानलाई निःशुल्क शिक्षा र सरकारी जागिरको ग्यारेन्टी, मृतको सम्मानमा भारदह स्थित मुख्य चौकमा शालिक निर्माण र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरिएको छ ।
उक्त निर्णय गृह मन्त्रालयमा पठाउने र निर्णय कार्यान्वयन नहुन्जेलसम्म मृतकको शव नबुझ्ने स्थानीय प्रशासन र आन्दोलनकारी बीच सहमति भएको छ । मृतकको शव पोष्टमार्टम गरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले बैठकको निर्णय गृह मन्त्रालय पठाउने काम भएको छ भन्दै आन्दोलनलाई थप हिंसक हुन नदिन सम्बन्धित पक्षलाई आग्र्रह गरिएको बताए ।
उनले भने ‘आन्दोलन शान्तिपूर्ण रुपमा गर्न भनेका छौं, हिंसक भए स्थानीय प्रशासन चुप लागेर बस्ने छैन, सार्वजनिक सवारी साधनमा भएको तोडफोड र क्षतिबारे हामी गम्भिर भएका छौं । उछृ्रंखल गतिविधिमा संलग्नहरुलाई कारवाही हुने छ ।’
1 (2)बैठकमा नेपाली काँग्र्रेसका सभापति दिनेश कुमार यादव, नेकपा–माओवादीका देवनाथ यादव, रामसपाका गजेन्द्र मण्डल, तमलोपाका सुरेन्द्र नारायण मण्डल, तमसपाका कपिल देव यादव, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेका छन् भने सुरक्षाकर्मीहरुमा प्रजिअ यादव सहित श्री कृष्णदल गण राजविराजका प्रमुख सेनानी भुवनेश्वर अचार्य, जिल्ला प्रहरी कार्यालयका एसपी शिशिर कर्माचार्य, सिमा सुरक्षा कार्यालयका एसपी हृदयनारायण मण्डल, सशस्त्र प्रहरी बल दन्तकाली गणका एसपी जनक बोहरा, उप अनुसंधान अधिकृत ठाकुरचन्द्र केसी लगायतका उपस्थिति रहेको छ ।
गत भदौ १ गते शान्तिपूर्ण आन्दोलन हिंसक बन्दै गएपछि भारदहमा प्रदर्शनकारीहरु र प्रहरी बीच भएको झडपमा एक जनाको मृत्यु हुनुको साथै नौ जना प्र्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था अझै पनि चिन्ताजनक रहेको छ । उनीहरुको बिराटनगर र धरान स्थित विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
यता संयुक्त मधेशी मोर्चाका नेताहरुले झापा देखि कैलाली कंचनपुरसम्मको सम्पूर्ण भु–भागलाई समेटेर समग्र मधेश स्वायत्त प्रदेशको ग्यारेन्टी नगरुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । मोर्चाका शिर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महेता, महन्थ ठाकुर लगायतका नेताहरु काठमाण्डौ छाडेर तराई केन्द्रित आन्दोलनमा सहभागी भएका छन् । 1 (3)(2)

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्