मधेसका राष्ट्रिय अध्यक्षद्वारा भारदहमा श्रद्धान्जलिसभा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम भदौ ५/ सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वायत्त मधेस एक प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।
सप्तरीको भारदहमा प्रहरीद्वारा मारिएका स्वर्गीय राजीव राउतको श्रद्धान्जलिसभामा उहाँले यो आन्दोलन मगरात, लिम्बुवान, थारु, मधेसी मुस्लिमलगायतको सबै उत्पीडत वर्गको भएकाले सबैले यसमा साथ दिनुपर्ने बताउनुभयो ।
सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतोले विगतमा भएका सहमति, सम्झौताअनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने हाम्रो चाहना हो भन्दै मधेसीको हितमा सविधानसभा नभएकाले आफूहरुले संविधानसभा सदस्यबाट राजीनामा दिएको स्ष्ट गनुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतालाई उपेक्षा गरी ल्याइने संविधान आफूहरुलाई मान्य नहुने बताउनुभयो ।
सप्तरीको भारदहमा भएको प्रहरी दमन र हत्याको विरोधमा गठित आन्दोलन समितिका संयोजक बीरेन्द्र माझीको अध्यक्षतामा सो श्रद्धाञ्जलिसभा भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्