सिरहाको कमलामा बम विस्फोटन
Advertise Here Book Now

लहान, २२ कात्तिक । कमला खोलामा गएराती एक समूहले बम विस्फोट गराएको छ । मधेशबाट व्यापक कालोबजारीमा पेट्रोलियम पदार्थ काठमाण्डौं जाने क्रम बढेपछि जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चा भनिने भूमिगत संगठनले बम विस्फोटन गराएको छ । कमला पुलामा खासै असर नपरेको विस्फोटन भएको छ । स्थानीयवासीले विस्फोटनको आवाज सुनेर त्यसक्षेत्रमा आतकित भएको थियो । सो विस्फोटनको जिम्मा मोर्चाका प्रतिकले लिएको छ भने घटना राती करिब ११ बजेतीर भएको थियो ।
Advertisement

मधेशमा दिनभरी सवारी साधन बन्द रहेपनि रातीभरी सुरक्षाकर्मीको स्कर्टीगमा सयौं मालवाहक र सवारी साधान ओहोरदोहोर भइरहेको छ । यसलाई रोक्न आन्दोलनकारी पटक पटक प्रयास गरेपनि हालसम्म कुनै सफलता नपाएको अवस्था छ । यता, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तीन महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्