बिहारमा मोदीको हार, नितिशकुमारको सरकार
Advertise Here Book Now

२०७२ कार्तिक २२ आईतवार
काठमाडौं : बिहार विधानसभाको चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी नराम्ररी पराजित हुने अवस्थामा पुगेको छ ।

आइतबार बिहानबाट शुरु मतगणनामा नितिश-लालु र कांग्रेसको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने पक्कापक्की भएको छ ।


ताजा मत परिणाममा मोदीको अगुवाइमा रहेको एनडिए धेरै पछि परिरहेको छ । यो चुनावमा राष्ट्रिय जनता दल सबैभन्दा ठूलो पार्टी भएर उभिने पक्का भएको छ ।

ताजा मत परिणाम अनुसार महागठबन्धनले मोदीको भाजपालार्इ धेरै पछाडि पारेको छ । लालुप्रसाद यादवले भनेजस्तै महागठबन्धन
१९० सिटतर्फ अग्रसर देखिएको छ ।

ताजा अवस्थामा महागठबन्धनले १७४ सिटमा अग्रता लिन सफल भएको छ । जब कि उसलार्इ बहुमत ल्याउन १२२ सिट भए पुग्छ ।

अर्कातिर केही घण्टा अघिसम्म करिब सय सिटमा अग्रता लिइरहेको मोदीको भाजपा खुम्चेर ६१ सिटमा मात्रै अग्रता लिन सफल भएको छ ।

अन्य स्वतन्त्र सभासद्हरुले जम्मा ८ सिटमा अग्रता लिइरहेका छन् । मत परिणामपछि भारतीय जनता पार्टीले आधिकारिकरुपमा हार स्वीकार गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नितीश कुमारलार्इ नतिजाका लागि बधाई दिएका छन् । अर्कातिर  बिजेपीको सहयोगी शिवसेनाले बिहारको हारको लागि प्रम नरेन्द्र मोदीलार्इ जिम्मेवार ठहर्याएको छ ।

'हामी नितीश कुमारलार्इ बधार्इ दिन्छौं। यो नतिजाले देशको राजनीतिक भविष्य तय गर्नेछ', शिवसेनाका नेता सञजय राउतले भने,  'जब कांग्रेस हार्छ, त्यसको जिम्मेवार सोनिया गान्धीको हुन्छ । त्यसैगरी भाजपाले पनि यो चुनावमा हारको जिम्मेवारी प्रम मोदीलार्इ बनाउनुपर्छ । '

चुनावी परिणाम स्पष्टरुपमा आफ्नो पक्षमा आएपछि कांग्रेस नेता  राहुल गान्धीले बिहार चुनावको परिणामलार्इ घमण्डीहरुको हारको संज्ञा दिएका छन् ।               स्रोत; अन्नपुर्ण 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्