सिरहामा शहिदहरुप्रति मौन धारण (फोटोफिचर)
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०७ मंसिर । 
संविधानमा हक अधिकारको माँग गर्दै आन्दोलनरत मधेशी मोर्चाले सहिदहरुप्रति आज मौन धारण गरेका छन् । संविधानमा आफूहरुको हक अधिकार र पहिचानको समावेश नगरेको भन्दै असन्तुष्ट पक्ष सुरु गरेको मधेस आन्दोलनको आज १०० दिन पुरा भएको अवसरमा तराई मधेशमा सहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै ५ मिनेट मौन धारण गरिएको छ । आन्दोलन सुरु भएको १०० दिन पुरा भएपनि सरकारले आन्दोलनकारीको मांग सम्बोधन र बिगतका सहमति कार्यान्वयनमा ढिलाई गरेको कारण अझै आन्दोलन अनिश्चित हुने संकेत देखिन्छ । हाल सम्म आन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ५० जना भन्दा बढिको ज्यान गईसकेका छन् भने हजारौ घाईते भएका छन । जसको कारणले लाखौं जनता आक्रान्त बनेका छन । सिरहाको मिर्चैयामा रहेको थाना चौकको साथै, कल्याणपुर, चोहर्बा, गोलबजार, लहान, सिरहा सदरमुकाम, माडर, बन्दिपुर लगायत विभिन्न चौकहरुमा मौन धारण कार्यकमको आयोजना गरिएको थियो । मिर्चैयामा रामसपाका केन्द्रिय महासचिब राम कुमारमंडलको नेतृत्वमा मौन धारण गरिएको छ । मोर्चाका पुर्व घोषित निर्णय अनुसार हिजो मशाल जुलुस तराई मधेशका जिल्लाहरुमा प्रदर्शन गरिएको संघिय समाजबादी फोरमका सिरहा सदस्य राम दयाल यादबले बताए । यता, मधेसी नागरिक सामज माडरको कालिमन्दिको प्राङ्गणमा वीर सहिद रामेश्वर मन्डलको पुत्र धर्मदेब मन्डलको अध्यक्षतामा सहिदहरुप्रती ५ मिनेट मौन ंधारण गरिएको छ । मौन धारण कार्यक्रममा मोर्चाका साथै विभिन्न क्षेत्रका व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको मोर्चाले जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्