राजेन्द्र महतो सप्तरी जादै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम मंसिर ८/ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज सप्तरी पुग्दै हुनुहुन्छ । विगत ३ दिन देखि सप्तरीमा प्रहरीले अध्यधिक बल प्रयोग गरी ४ जना आन्दोलनकारीलाई गोली हानेर मारे पछि आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिद परिवारलाई भेट्न उहाँ सप्तरी जान लागेको सद्भावना पार्टी केन्द्रिय सदस्य उपेन्द्र महतोले टुडे खबरलाई जानकारी दिनु भयो । उहाँले सप्तरी जिल्ला विगत ३ दिन देखि अशान्त र प्रहरी ज्यादति उग्र भएको भन्दै आन्दोलनकारीको मनोबल र आन्दोलनलाई अझै व्यवस्थित र शसक्त बनाउन सप्तरी जान लागेको बताए । त्यस्तै आजै विहानै देखि सप्तरीको राजविराज लगायत क्षेत्रमा विरोध प्रदर्शन शुरु भएको छ । हजारौंका संख्यामा आम सर्वसाधारण प्रहरी र सरकारकोे विरुद्ध चर्का नाराबजी गर्दै विरोध शुरु गरेको हो । हिजो राती प्रहरीले घर घरमा प्रवेश गरी स्थानीयलाई कुटपिट र दुव्र्यहार गरको भन्दै मोर्चाले आपत्ती जनाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्