काठमाण्डौंमा जे हुन्छ ?,मधेशमा विरुद्ध प्रदर्शन हुन्छ
Advertise Here Book Now

लहान १५ मंसिर । मधेश आन्दोलनले मधेश र काठमाण्डौंबीच द्धन्द्ध शुरु गरेको छ । काठमाण्डौंमा वार्ता निष्कर्ष विहीन हुंदा मधेशमा आन्दोलनको गति तिब्र रुप लिन्छ ।  काठमाण्डौंमा चिनको दुहाई गर्छन् भने मधेशमा भारतीय नाकामा कडाई गर्छन् । मोदीको सन्तान भनेर गोली हान्दा आन्दोलनकारीले ओलीको सन्तान भनेर ढुंगामुढा गर्छन् । काठमाण्डौंमा आन्दोलनकारीलाई पानीको फोहोरा दिएर तितरवितर गर्छन् भने मधेशमा टाउंकोमा गोली हानेर आन्दोलनलाई दवाउंने गर्छ । काठमाण्डौंमा विद्यार्थीलाई मानव सांगलोमा ल्याउंछ भने मधेशमा सत्ता विरुद्ध सांगलो प्रदर्शन गर्छन् । त्यती मात्रै होइन् आज विराटनगरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसियो । उता, काठमाण्डौंमा सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी , कांग्रेस, एमाओवादीसहितको बैठक गरेको छ । काठमाण्डौंमा ओलीको खोक्रो राष्ट्रियताको चर्चा चल्छ भने मधेशमा राजेन्द्र महतोको जयकार चल्छ । काठमाण्डौंको पशुपतिमा मोदीको क्षमायाचना गर्छन् भने मधेशको जानकी मन्दिरमा ओली,कोइराला र प्रचण्डको क्षमायाचना गर्छन् । काण्ठमाण्डौमा जे गर्छ मधेशमा ठीक उल्टो गरेर विराध प्रदर्शन भइरहेको छ । यता,मधेशका जिल्लाहरुमा मानव साङ्लो प्रदर्शन भइरहेको समयमा सिरहामा पनि मानव साङ्लो प्रदर्शन हुने भएको छ । एनप्याबसन, प्याबसन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बसेको बैठकले सिरहामा मानव साङ्लो प्रदर्शन गर्ने निर्णय गरिएको छ ।
बैठकले जारी गरेको विज्ञप्तीमा यही मंसिर १६ गते बुधबार बिहान ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पूर्वी सिमाना बलानदेखि पश्चिम सिमाना कमलासम्म मानव साङ्लो प्रदर्शन गर्ने निर्णय गरिएको छ । उक्त मानव साङ्लोमा जिल्लाका सम्पूर्ण निजि तथा सरकारी विद्यालयका विद्यार्थी, शिक्षिक र आम जनसमुदायलाई सम्मिलित हुनका लागि विज्ञप्ति मार्फत आग्रह गरिएको छ । एनप्यासन सिरहा, प्याबसन सिरहा र मधेशी मोर्चाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका वीर शहिदहरुप्रति प्रार्थना सभा र श्रद्धान्जली सभा गर्ने उल्लेख रहेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्