Siraha Special
»
सिरहामा सरकारको बिरुद्धमा मानव सांगलो बनाईयो सरकार विरुद्ध कडा नाराबाजी (फाटो फिचर)
सिरहामा सरकारको बिरुद्धमा मानव सांगलो बनाईयो सरकार विरुद्ध कडा नाराबाजी (फाटो फिचर)
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
राम नारायण पंडित, सिरहा, १६ मंसिर ।सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उदेश्यले आज बिहान मानव सांगलो प्रदर्शन गरिएको छ । तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माँग सम्बोधन गर्न नचहेकोले तत्काल माँग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांगलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको छ । सिरहाको पश्चिम सिमाना कमला नदि देखि पूर्वी सिमाना बलान नदिसम्म करीब ५७ किलोमिटर राजमार्गमा विद्यार्थीहरुले मानव सांगलो बनाएका छन् । मानव सांगलोमा निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको साथै शिक्षक, शिक्षिका, क्याम्पस, नर्सिङ क्याम्पस, नागरिक समाज र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता सहभागी भएका थिए । विद्यार्थीहरुले मधेशको माँग पुरा गर, वर्तमान सरकार मुर्दाबाद र प्रहरी दमन बन्द गर जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए । उक्त क्रममा विद्यार्थीहरुले सरकारको बिरुद्धमा कडा नाराबाजी समेत गरेका थिए । संयुक्त मधेशी मोर्चा, प्यावसन, एनप्यावसनको आहबानमा गरिएको मानब सांगलो प्रदर्शनमा ५० हजारको हाराहारीमा सहभागिता रहेको तमसपाका केन्द्रिय महासचिब राम कुमार मंडलले बताए । मानव सागलोमा जिल्लाको मिर्चैया, गोलबजार, धनगढी, बन्दिपुुरका साथै ग्रामिण क्षेत्रका बिद्यालयहरुका बिद्यार्थीसबको समेत सहभागिता रहेको थियो । मानब सांगलो प्रदर्शन गरेपछि आन्दोलनमा सहादत्त प्राप्त गरेका वीर शहिदहरुप्रति जिल्लाका बिभिन्न स्थानमा प्रार्थना सभा र श्रद्धान्जली सभाको आयोजना गरिएको मोर्चाले बताए ।

Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्