भुमिगत मोर्चाका संयोजक गोइतले दिए सिरहा प्रहरीलाई कडा चेतावनी
Advertise Here Book Now
सिरहा, १३ माघ : अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले सिरहा लहानका डा. पशुपति चौधरीलाई अपहरणको प्रयास गरेको भनेर प्रहरीले पक्राउ गरेका विजय पासवान आफ्नो कार्यकर्ता नहरेको प्रष्ट पारेको छ ।
संयोजक गोइतले आज फेसबुकमा स्टाटस लेखेर लहान नपा ८ घर भएका पासवान आफ्नो कार्यकर्ता नभएको प्रष्ट पारेको हो ।

गोइतले सिरहा प्रहरीलाई कडा चेतावनी समेत दिएका छन् । उनले फेसबुकमा लेखेका छन्- सिरहा प्रहरीको मधेसीमाथि यसरी अत्याचार जारी नै रहे भने सप्तरीको बनैनियाँ भन्दा पनि उच्च स्तरको कारबाही सिरहा प्रहरीमाथि हुनेछ । यसबाट उत्पन्न हुने दुुष्परिणामको जिम्मेवारी पनि सिरहा प्रहरी नै हुनेछ ।