काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सरकारको आलोचना गरिएको छ । शनिबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारले मधेस समस्या समाधानका लागि चासो नदिएको, कालोबजारी, भूकम्पप्रभावितको आवास पुनःनिर्माणलगायतमा उदासिन रहेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
सिंहदरबारमा भएको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरूमा आफ्नो धारणा राख्दै प्रिबजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउने प्रस्ताव आफ्नो दललाई स्वीकार्य नहुने बताएका छन् । प्रिबजेट छलफलका आधारमा सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउनुपर्ने पनि उनले बताएका छन् । उनले आफ्नो पार्टीसँग कुनै सल्लाह नै नगरी गठन गरिएको राजनीतिक समितिमा सहभागी नहुने बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम वैशाख २३ गते प्रस्तुत गर्ने, पुनर्निर्माणका लागि राजनीतिक दलहरुले स्वयंसेवक परिचालन गर्ने र सीमांकन विवाद सुल्झाउन उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा फागुन ६ गते गठित राजनीतिक समितिलाई पूर्णता दिने एजेण्डा पेश गरेका थिए ।

बैठकमा सत्तारुढ दलका नेताहरुले संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय बनाउनका लागि एमालेले लिएको अडानप्रति असन्तोष व्यक्त गरेका छन् । सत्तारुढ नेकपा माले, राप्रपा, समाजवादी जनता पार्टी लगायतका दलका नेताले संविधान अनुसार १५ सदस्यीय समिति गठनका लागि राष्ट्रिय सभा नरहेको भन्दै प्रदेश र संघको निर्वाचन नभएसम्म पुरानै व्यवस्था अनुसार ७५ सदस्यीय समति बनाउनुपर्ने धारणा राखे ।
सरकारमा सहभागी मन्त्रीले नै समिति ठूलो आकारको बनाउनुपर्ने धारणा राखेपछि प्रधानमन्त्रीले थप छलफल गर्ने बताएका छन् । राप्रपा नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले सिमांकन विवाद मिलाउन बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई पूर्णता नदिएको भन्दै गुनासो पोखेका थिए । उनले कसैले पनि नाम नदिए संयन्त्रको कुनै औचित्य नभएको भन्दै छिटो निर्णयमा पुग्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए ।
लन्डन, १८ वैशाख । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक बिनलादिन समूहले आफ्ना पचास हजार कामदार मजदुरलाई नोकरीबाट हटाइदिएको छ । पछिल्लो समय कच्चा तेलको मूल्यमा भएको भारी गिरावटबाट साउदी अरबलाई ठूलो नोक्सानी उठाउनु परेको छ । मूल्य गिरावटबाटको आर्थिक संकटबाट जोगिन साउदी अरबका कम्पनीहरूले कामदारलाई धमाधम जागिरबाट निकाल्न सुरू गरेको बीबीसीले जनाएको छ । जेद्दाहमा अरब न्यूजका सम्पादक सिराज वहाबले बिनलादिन समूहको फैसलाबाट साउदी अरबको आर्थिक स्थितिमा कुनै लेनदेन नरहेको टिप्पणी गरेका छन् । उनले बिनलादिन समूह निजी कम्पनी भएकाले यसले साउदी अरबलाई कुनै असर नगर्ने दाबी गरे ।
उनका अनुसार अघिल्लो वर्ष सेप्टेम्बरमा मक्काको मस्जिदमा भएको क्रेन दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएपछि यो कम्पनीलाई दोषी ठहराउँदै सरकारले बन्देज लगाएको थियो । ‘यो कम्पनीलाई आफ्ना कर्मचारी कटौति गर्नुभन्दा अर्को बिल्प थिएन’, सम्पादक वहाबले भनेका छन् । बिनलादिन समूहको यो कम्पनीलाई ओसामा बिन लादेनका परिवारले चलाउँदै आएका थिए । यो कम्पनीमा लादेनको पनि हिस्सा रहेको थियो ।
बिनलादिन कम्पनीलाई दशकौंदेखि साउदी शाही परिवारबाट ठूला निर्माण कन्ट्रक्टको काम पाउँदै आएको थियो । विश्वमा मुसलमानको सर्वोच्च धार्मिक स्थल मक्कामा हरम शरीफको विस्तारको परियोजना पनि यो कम्पनीले पाएको थियो । कुनै बेला बिनलादिन कम्पनीमा कर्मचारीहरू दुई लाखसम्म हुनेगर्थे । बिनलादिन समूहमा मजदुरहरूले समयमा तलब नपाएको भन्दै धेरै पटक बिरोध पनि भएको थियो । बिनलादिन समूहको कर्मचारी कटौटिको निर्णयबाट नेपाली, भारतीय मजदुर धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।
८ वैशाख, काठमाडौ ।
पुननिर्माणबारे सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा सरकारको कार्यशैलीलाई लिएर कडा रुपमा आलोचना भएको छ ।
प्रधानमन्त्री ओलीले पुननिर्माणमा स्वयंसेवक परिचालन गर्ने, सरकारले ल्याउन लागेको नीति कार्यक्रम र संसदको नियमावली, बजेट र मधेसको समस्या समाधान गर्नको लागि सबै दलहरुसँग सुझाव मागेका थिए । प्रधानमन्त्री ओलीले २१ गते संसदको बैठक बोलाउने, २३ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल गरी जेठ १ गतेदेखि प्रि-बजेटमा छलफल गरी १५ गते बजेट ल्याउने प्रस्ताव राखेपछि कांग्रेसका सभापति शेरबहादुर देउवा जंङगिएका थिए ।
उवाले नीति तथा कार्यक्रमपछि प्रि-बजेट ल्याउने कुरा नसुहाउने भन्दै आपत्ति जनाएका थिए । उनले प्रि बजेट ल्याए पछि मात्र नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । संसदको नियमावली नबन्दा संसदको कार्य सञ्चालन नियमावली नहुँदा न्यायपरिषद्ले सिफारिस गरेका ११ न्यायाधीस र सरकारले सिफारिस गरेका २१ राजदुतको नियुक्त अलपत्र परेको छ । संसदीय सुनुवाई समितिको आकार कत्रो बनाउने भन्नेमा दलहरुको बीचमा विवाद छ । सत्तारुढ दलले १५ सदस्यीय बनाउनु पर्ने अडान लिएको छन् भने कांग्रेस लगायका दलहरुले पुरानै व्यवस्था अनुसार ७२ सदस्यीय बनाउनु पर्नेमा अडान लिदै आएको छ ।
जवाफमा प्रधामन्त्री ओलीले संसदीय सुनुवाई समितिको गठन र संसदको नियमावलीमा भईरहेको ढिलाईले धेरैतिर असर परिरहेकोले सहमतिका साथ यी विषयहरुको टुंगो लगाउनुपर्नेमा पनि जोड दिदै भने,‘संविधानको संक्रमणकालिन व्यवस्था अनुसार जे गर्नुपर्ने हो, त्यसरी नै गरौँ, जहाँ संविधानले जस्तो व्यवस्था गरेको छ, त्यहाँ त्यसअनुरुप गरौँ । तर ममा कुनै हार्ड एन्ड फास्ट छैन् । जे भएपनि सहमतिमा चाँडै गरौं ।’


बम विष्फोट घटनाक मुख्य योजनाकारको अभियोगमा धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद संजय साह पूर्व पक्षका लागि थुनामा रहेका छन् । त्यस्तै घटनामा संलग्न आरोपमा मुकेश चौधरी , राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु थुनामा छन् ।
यता बम विष्फोट घटना मृत्यु भएकाहरुको स्मरणमा मिथिलाक अनुपम डेग संस्थाले आज साँझ जनकपुरको रामानन्द चौक एवं घटनास्थलमै श्रद्धाञ्जलीसभाको आयोजन गरेको छ ।
ऑनलाइन सिरहा डटकम बैशाख १८ । सत्तारुढ एमाओवादीले प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी चल्न खोजेको निस्कर्ष निकाल्दै एमाओवादीले गठबन्धन तोड्न सक्ने समेत चेतावनी दिएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बाणी वहसमा ऋषि धमलासँग कुरा गर्दै एमाले नसच्चिए सरकार सञ्चालनमा दुर्घटना हुन सक्ने बताए ।सरकारको समग्र पर्फमेन्स सन्तोषजन नरहेकाले प्रधानमन्त्रीले समिक्षा गर्नु पर्ने बताए । ‘प्रधानमन्त्री एकलौटी चल्न खोजेका छन्’ उनले भने ‘ आजको सर्वदलीय बैठका बोलाउदा समेत छलफल भएन, सहकार्य सिद्धान्तमा बनेका सरकारमा एकलौटी चल्न खोज्दा समस्या आउन सक्छ । ’सरकार पार्टीको एजेण्डा र जनताको चाहाना बारिह गए गठबनन्धन तोडीन सक्ने उनले चेतावनी दिए । सरकार सञ्चालनमा एमाले सच्निुपर्ने उनको तर्क छ ।भूकम्पपछिको पुनःनिर्माण, भारतको अघोषित नाकाबन्दी खुलेको लामो समय हुँदा पनि सरकारले सोचेअनुसारको कार्यप्रगति गर्न नसकेको उनले बताए । भूकम्पपछिको पुनः निर्माण लगायतका विषयमा सरकार कमजोर रहेका बताए ।
वैद्यसहितको एकता
उपाध्यक्ष श्रेष्ठले एमाओवादीले मोहन वैद्यसहितको पार्टी एकता चाहेको बताएका छन् । तर वैद्य आउन नसके एकता भने नरोकिने उनले बताए । केन्द्रीय समितिको बहुमत आफ्नो विपक्षमा भएपछि अल्पमतमा परेका वैद्यले केन्द्रीय समिति बैठक एक महिनाका लागि स्थगित गरेका छन् । त्यसपछि वैद्यलाई छाडेर बादल पक्ष एमाओवादीमा जान लागेको छ ।
ऑनलाइन सिरहा डटकम बैशाख १८ । प्रधानमन्त्रीको आब्हानमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयूक्त कुनै ठोस निर्णय विना सकिएको छ । बैठकमा आन्दोलनरत मधेसी मोर्चा आवद्ध दलका नेताहरुको भने सहभागि भएनन ।
बैठक मुख्य रुपमा संसदको बजेट अधिवेशन, सरकारले पेश गर्ने नीति तथा कार्यक्रम र बजेट, पुनःनिर्माणमा दलहरुको तर्फबाट स्वयमसेवक परिचालन र मधेस समस्या समाधानको विषयमा भएको नेताहरुले जानकारी दिएका छन ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामि बजेट अधिवेशनमा सरकारको बजेट र नीति तथा कार्यक्रम ल्याउन लागेकोले त्यसमा दलहरुको सुझाव मागेका थिए । जसमा दलीय आधारमा नेताहरुले अहिले आ आफ्नो सुझाव दिईरहेका छन ।
प्रधानमन्त्रीले आगामि बजेट विकास र संघीयतामुखी हुने जानकारी दिदै संविधान कार्यान्वयनको चुनौति सामना गर्न दलहरु मिलेर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिएका थिए । उनले पुनःनिर्माणको काम सरकारले अघि बढाएकोले यसलाई तिब्रता दिन दलहरुले पनि स्वयम सेवक खटाउनु पर्ने भन्दै त्यसकोलागि आब्हान गरेका थिए ।
बैठकबाट बाहिरिएका काग्रेस सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधानकोलागि बार्ता र संबादलाई तिब्रता दिनु पर्ने सुझाव राख्दै बजेट पपुलिष्ट बनाउने नाममा राजनीतिक फाईदा उठाउने खाल्को नहुन नहुने सुझाव दिएका थिए । देउवाले काग्रेसले पुनःनिर्माणकोलागि कार्यकर्ता खटाउने निर्णय गरिसकेको जानकारी दिदै पुनःनिर्माणमा सरकारी संयन्त्रको सुस्ततप्रति असन्तुष्टी ब्यक्त गरेका थिए ।
बैठकपछि काग्रेस नेता महेश आचार्यले प्रधानमन्त्रीले पुनःनिर्माण कार्यलाई तिब्रता दिन स्वयमसेवक परिचालनको कुरा गरेको भन्दै त्यसमा आफूहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय स्वमसेवकहरु परिचालन गर्न सरकारले सहमतिमा कार्यविधी बनाउनु पर्ने सुझाव दिएको जानकारी दिए । उनले प्राधिकरणको लागि विनियोजन गरिएको ९० अर्बको धेरै भाग खर्च हुन नसकेको तर्फ प्रधानमन्त्रीको ध्यान आर्कषित गर्दै संयन्त्र परिचालन गरेर खर्च गर्ने बातावरण निर्माणमा जोड दिएको बताए ।
मधेसको समस्या समाधानकोलागि सरकारको बार्ता प्रक्रियामा अग्रसरता अभाव भएकोले बार्तालाई प्रभावकारी बनाए आफूहरु सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले राजनीतिक समिति निर्माणमा सरकारले आफूहरुसँग छलफल नगरेको र मधेसीहरुले पनि विश्वास नगरेकोले त्यसले काम गर्न नसकेकोले अब छलफललाई तिब्रता दिए सहमतिमा त्यसको कामपनि अघि बढाउन सकिने तर्फ ध्यान आर्कषित गराएको जानकारी दिए । आर्चायले बजेट आउन लागेको अवस्थामा प्रिबजेट छलफल गराएर ल्याउनु पर्नेमा पनि सुझाव दिएको बताए ।
राप्रपा नेपालका बरिष्ठ नेता पशुपति शमसेर राणनले पुनःनिर्माण प्राधिकरण राम्ररी चल्न नसकेकोले जनताले दुख पाएकोमा अधिकांश दलहरु सहमत रहेकोले प्राधिकरणलाई प्रभावकारी बनाउने विषयमा सुझाव दिईएको बताए ।
उनले आफूले मधेसको समस्या समाधान गर्न सरकार जिम्मेवार भएर अघि बढ्नु भने सुझाव दिदै पश्चिमको प्रदेशबाट पहाडी जिल्ला काटेर मधेसमा दुई प्रदेश बनाएर समस्या समाधान गर्न सुझाव दिएको बताए ।
राणले नाकाबन्दी अन्त्य भएको दुई महिना वितिसक्दा पनि आपूर्ति दयनीय भएको विषयमा अधिकांश दलहरुले सरकारको आलोचना गरेको जानकारी दिदै सरकारले दक्ष प्रशासन मार्फत समाधान गर्नु पर्ने सुझाव दिएको जानकारी दिए । त्यस्तै सुनवाई समिति ४० देखि ४५ सदस्यीय बनाउने र संसद अघि नै नियमावली बनाउने विषयमा दलहरुले सुझाव दिएको र यसमा सबै सहमतिको नजिक रहेको बताए ।
उपप्रधान तथा महिला बालवालिका एवम समाजकल्याण मन्त्री सीपी मैनालीले पुनःनिर्माण प्राधिकरण असफल भएको दावी गर्दै मधेसको मुद्दामा सरकार कडाईका साथ जानु पर्नेमा जोड दिएका थिए ।
आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनको पुर्व घोषीत कार्यक्रम अनुसार आज जिल्ला र क्षेत्रिय तहका सरकारी कार्यलयहरुमा कालो झण्डा गाडेका छन । सरकारको विरोध स्वरुपमा मोर्चा र गठवन्धनले सरकारी कार्यलयहरुमा यसरी कालो झण्डा गाडेको जनाएको छ । नयां सविद्यानको विरुद्धमा आन्दोलनरत मधेशी मोर्चा सहितको गठवन्धनले गएको १५ गते देखि पुन आन्दोलनमा होमिएका छन । बैशाख मसान्त सम्म जिल्ला र क्षेत्रिय तहको विरोध कार्यक्रमहरु सार्वजनिक गरेको गठवन्धनले १ जेठ देखि काठमाडौ केन्द्रित आन्दोलन गर्ने जनाएको छ । काठमाडौ केन्द्रित आन्दोलन अन्र्तगत गठवन्धनले मुख्य गरी सिहदरवार घेराउ कार्यक्रम सार्वजनिक गरेको छ ।

पछिल्लो चरणको आन्दोलन अन्र्तगत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले ज्ञापन पत्र बुझाउने, कालो झण्डा गाडने र जिल्ला र क्षेत्रिय तहमा विरोध सभा गर्ने निर्णय अघिल्लो हप्ता मात्रै सार्वजनिक गरेका थिए । गठवन्धनका प्रवक्ता परशुराम तमाडका अनुसार पुर्व घोषीत विरोध कार्यक्रम अन्र्तगत आज काठमाडौ र तराई मधेश सहितका सवै जिल्लाहरुमा कालो झण्डा सरकारी कार्यलयहरुमा झुण्डियाइएको छ । गठवन्धनले यस अघि नै सवै जिल्लाहरुलाई वर्गीकरण गरेर प्रभावशाली पार्टीहरुलाई स्थानिय स्तरमा आन्दोलनको संयोजन गर्न जिम्मेवारी तोकि सकेका छन । जस अनुसार तराई मधेशका जिल्लाहरुमा मधेशी मोर्चा आबद्ध मधेशी पार्टीहरुले आन्दोलनको संयोजन गरीरहेको छ भन्ने पहाडी भेगमा आदीवासी जनजाती सम्बद्ध पार्टीहरु र संगठनहरुले आन्दोलनको संयोजन गरीरहेको छ । गठवन्धनले दुई दिन अगाडी मात्रै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाइ आफनो मागहरुको २६ बुदे दस्तावेज त्रापन पत्र मार्फत पठाएको थियो । गएको माघको अन्तिम हप्ता मधेशी मोर्चाले बन्द र नाका केन्द्रित आन्दोलन फिर्ता लिए पनि प्रमुख दलहरु संग सार्थक संवादको वातावरण अहिले सम्म देखिएको छैन । आन्दोलनरत मोर्चा र गठवन्धनले प्रमुख दलहरु संवादका लागी गम्भिर नभएको आरोप लगाउदै आएका छैन । प्रमुख दलहरु संवाद मार्फत समस्या समाधान गर्न तयार नभएकै कारण आफुहरु पुन आन्दोलनमा गएको आन्दोलनरत पक्षको भनाइ छ । आन्दोलनरत मोर्चा र गठवन्धनले आउदो १ गते देखि हुने काठमाडौ केन्द्रित आन्दोलनले प्रमुख दलहरुलाइृ आन्दोलनकारीहरुको मुद्धाहरु सम्बोधन गर्न बाध्य हुने ठानेका छन । source:dalan Nepal
ऑनलाइन सिरहा डटकम वैशाख १६ । बोलेरो जिपको ठक्करबाट सिरहामा एक जनाको ज्यान गएको छ।गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च ८६६२ नम्बरको बोलेरोले धनगढी नगरपालिका–७ मा ठक्कर दिँदा ६० वर्षीय लखन पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ।पण्डितको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ। ठक्कर दिने जिप र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।



ऑनलाइन सिरहा डटकम वैशाख १५ । डा.रुपज्योति, बिर्जुरत्न तुलाधरका ज्वाइँ
काठमाडौं, १५ वैशाख । धन हुनु पनि अभिशाप नै रहेछ ! यदि त्यस्तो नहुँदो हो त, खिचापोखरीको एउटा जोडीले न बाँचेर सुख पाउँथ्यो, न मरेर नै !राजधानीको मुटु न्यूरोडका धनाढ्य बिर्जुरत्न तुलाधर र मलेखुतिर ‘मिठाई’ नामले चिनिने चन्द्रा त्रिपाठीको जीवनमा आएको असहजता हेर्दा भन्न सकिन्छ, सम्पत्तिले मान्टेलाई तनको ‘धनी’ त बनाउँछ, तर मनैदेखि सुखी भने बनाउँदैन रहेछ ! बिर्जु करीब तीन अर्ब सम्पत्तिका मालिक ! सटर र कबलबाट मात्र मासिक ३१ लाख भाडा उठाउने ! दुई वर्षदेखि स्मरणशक्ति क्षय हुने अल्जाइमर रोगले ग्रस्त छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।आइतबार बिहान बिर्जुलाई अस्पताल भर्ना गरियो, त्यसअघि पत्नी चन्द्रा शौचालयभित्रै ‘लाश’ बनेर लडिन् । पतिलाई अस्पताल लगेपछि बल्ल ७४ वर्षीया पत्नीको शव निकालियो ।
नत्र उनी पनि सक्ड हुनसक्थे । चन्द्रा बिर्जुकी कान्छीपत्नी हुन् । एक महिनाअघिमात्र पतिबाट सम्पत्ति नामसारी पाएकी थिइन् । आइतबार बिहान अकस्मात उनको निधन भयो ।
निधनपछि पार्थिव शरीर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुगाइयो । प्रहरीमा टिपाइको रिपोर्टअनुसार, शौचालयमा बिहान ७ बजे लडेको अवस्थामा भेटिएको हो । काम गर्नेले देखेपछि नातापातालाई खबर गरे । त्यसपछि सलबलाउने पालो जेठीतिरका सन्तानको । चन्द्रा निःशन्तान थिइन । जेठीतिरकी छोरीसँग उद्योगपति तथा शाहीकालीन अर्थ राज्यमन्त्री डा रुपज्योतिले विवाह गरेका छन् ।जेठो छोराले बाबुआमालाई जुत्तै जुत्ताले कुटेपछि घरसँगको सम्बन्ध सकिएको थियो । बाबुआमाले उतिबेलै भनेका हुन्, ‘हाम्रो शरीरमा यसलाई छुन नदिइयोस । दागबत्ती दिन नदिइयोस ।’ कान्छो छोरो अपाङ छन् ।दिदी–भिनाजु (डा.रुपज्योति)सँगै बस्छन् । आमाको पार्थिव शरीरमा कान्छाले दागबत्ती दिँदा सम्पत्ति रुपज्योतितिर जाने भयो । त्यसैले जेठाले शोभाभगवतीमा सौतेनी आमालाई दाबगत्ति दिने कर्तव्य सम्झिएर । तर, छोराहरूले मानेनन् । अस्ति सोमबार जनसेवा प्रहरी बृत्त पुगेका दिदीहरूले भाइ र आमा–बाबुबीचको संवाद सुनाए ।
प्रहरीमा टिपाइएअनुसार चन्द्राको घुँडा र कुहिनामा चोट देखिन्छ । तर, शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टले अर्कै कथा भन्छ । प्रहरीमा भनिएजस्तो मुट र दिमागको असरले उनको धिन भएको हैन । बरु रिपोर्टले भन्छ– ‘मृत्यु अस्वभाविक प्रकारको छ । छातीको तीनवटा करङ चाँच्चिएको छ । टाउकोमा टुटुल्को र चोट छ ।
ऑनलाइन सिरहा डटकक बैशाख १४ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मधेसको आन्दोलन तत्काल शिथिल भएपनि यो रोग भएकोले पुनः बल्झिने बताएका छन् ।
मंगलबार काठमाडौंमा मधेसका प्राज्ञिक समुदायसँगको छलफलको क्रममा उनले यस्तो बताएका हुन् । मधेसवादी नेताहरुको कमजोरी र सत्तास्वार्थका कारण आन्दोलन शिथिल बनेको बताउँदै उनले भने यसको समयमै उपचार गर्नुपर्छ, नत्र रोग फैलनसक्छ र विकराल रुप लिन सक्छ ।
‘काठमाडौंलाई बुझ्नेबारे हुलाकी राजमार्गले जोडेको मधेस र महेन्द्र राजमार्गले जोडेको मधेसको फरक धारणा छ उनले भने खास मधेस भनेको तल्लो मधेस हो जहाँ उत्पीडनको तह अत्यधिक छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पहिला महेन्द्रले जस्तै ओली गठबन्धनले पनि जनताको भावना भड्काएर सत्ता टिकाउने खेल खेलिरहेको आरोप लगाए । ‘सत्तासीनहरुले एकप्रकारको राष्ट्रघात गरिरहेका छन् उनले भने तर विज्ञानको नियमअनुसार उत्पीडनमा परेका जनताको भावना भड्कियो भने विष्फोट हुनसक्छ ।
उनले सरकारसँग यो समस्या हल गर्ने कुनै योजना नरहेको पनि बताए । सुगौली सन्धीले सीमा कोर्दा पनि नेपालीहरु नेपालतिर आएर बसेको भन्दै सदियौंदेखि सीमा रक्षक भएर बसेका मधेसीमाथि शासकहरुले शंकाको दृष्टिले हेर्नु दुःखद अवस्था भएको उनले बताए ।
‘त्यहाँ केही महिलाहरुले अनुभूति नै राख्नुभयो, सीमामा कसरी नेपाली बनेर संघर्ष गरिरहेका छौं भनेर उनले अनुभूति बाँढ्दै भने उनीहरुमाथि राज्यले शंका गरेको छ विभेद गरेको छ तर पनि उनीहरु नेपाली हुनुमा गर्व गरिरहेका छन् । कॉपी madheshlive
ऑनलाइन सिरहा डटकम बैशाख १४ । सिँचाइमन्त्री उमेशकुमार यादवले ‘द ग्रेट जनकपुर बेस्ट जनकपुर’को अभियानमा लाग्न जनकपुरवासीलाई आग्रह गरेका छन् । विशाल जनकपुरलाई बेस्ट जनकपुर बनाउन यहाँका स्थानीय नै लाग्नु पर्ने बताउँदै उनले जनकपुरको नदी नियन्त्रण तथा स्वच्छ हराभरा बनाउन सिँचाइ मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । जोखिमयुक्त सदरमुकाम बचाउ कार्यक्रम अन्तरर्गत जनकपुरको पुल्चोकस्थित पुरानो जलाद नदीमा तटबन्ध निर्माण कार्यलाई शिलान्याश गर्दै मन्त्री यादवले जनकपुरका थुप्रै नदी अतिक्रमण भएको छ त्यो अतिक्रमण हटाउन नगरपालिकाले पहल नगरेको गुनासो गरे । जबसम्म अतिक्रमण हटाउन सकिँदैन तबसम्म द बेस्ट जनकपुर, ग्रेट जनकपुर बन्न सक्दैन भन्दै नगरपालिकाले अतिक्रमण हटाउन पहल गर्नुपर्ने बताए । विकास निर्माण कार्यमा सबै एकजुट हुनुपर्ने कुरामा जोड दिँदै मन्त्री यादवले सदरमुकाम बचाउ कार्यक्रम जनकपुरबाट नै आरम्भ भएको बताए । यो कार्यक्रम जनकपुर, राजविराज, सिरहा र गौरमा सन्चालन हुनेछ । नदीको कारण यी सदरमुकाम विशेष जोखिममा रहेको छ । शिलान्यास गरिएको नदी नियन्त्रणका लागि चालु आर्थिक वर्षका लागि एक करोड बजेट छुट्इएको छ । जनकपुर चुरोट कारखानादेखि जलाद नदीसम्मका लागि १ अर्व १० करोड बजेट छुट्याइएको छ ।
काशिन्द्र शर्मा, जनकपुरधाम १३ बैशाख ।
परेका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं.१९ बैङगाशिवपुरस्थित काठमाण्डौबाट आएका पुरातत्व विभागको टोलीले गरिरहेका उत्खननको क्रममा विभिन्न प्रकारका प्राचिन समाग्रीहरु फेला परेको हो ।
पुरातत्व विभाग काठमाण्डौका अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गरिरहेको टोलीले आइतबारसम्म ३ ठाउँमा उत्खनन गर्दा प्राचिन घरको पर्खाल र ४६ सेन्टिमीटर चौडा तथा १ सय ५० सेन्टिमीटर चौडा ईटा फेला परेको छ ।
यसका साथै प्राचीनकालका माटोका चुलो, माटोका माला, माटोका मालाहरु, माटोका भांडोहरु, माटोका गहनाहरुका साथै ढुङगाको माला, माटोको दियो माटोको कचौरा फेला परेको पुरातत्व विभागका अधिकृत ज्ञवालीले जनाए ।
ज्ञवालीका अनुसार, त्रिशुले आकारको एउटा फलामे वस्तु समेत फेला परेको छ । विभागका ४ जना सम्मलित टोली र स्थानीय समितिको रोहबरमा जारी रहेको उत्खनन् कार्य गत चैत्त ३० गतेदेखि नै सुरु गरेको थियो भने आगामी बैशाख १५ गते सम्म उत्खनन् कार्य जारी रखने ज्ञवालीले थपे ।
उनले भने,‘यहाँको स्थानीय पुरातत्वसँग सम्बन्धित समितिले हामीलाई आग्रह गरेको थियो त्यही अनुरोधलाई स्वीकार गर्दै ऐतिहासिक बावन बिघामा प्राचिन वस्तुहरु फेला पर्ने संकेत र सम्भावना प्रबल रहेका जानकारी पाएका थियौ र त्यही अनुरुप हामीले उत्खनन् कार्य सुरु गरेका हौ ।’
फेला परेका प्राचिन समाग्रीहरु लिएर थप अनुसन्धान गर्ने बताउँदै उनले कति पुरानो र कस्तो प्रकारको वस्तु तथा समाग्रीहरु रहेको रिपोर्टसमेत सार्वजनिक गर्ने जनाए । स्थानीय जनकपुर टुडेमा समाचार प्रकाशित रहेको छ ।

मृत्यु हुनेमा लहान नपा १९ छर्रापट्टीका ५० बर्षिय राजेन्द्र साह रहेका छन् । साहलाई राती १० बजे उक्त स्थानमा हिड्दै गर्दा ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका उनलाई बिराटनगर स्थित नोवेल अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको लहान प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लाहानले जनाएको छ ।
source- Madheshlive.com

शिलादित्य व्यवसायी हुन् । उनले युनिभर्सिटी अफ मुम्बईबाट इन्जिनियरिङ अध्ययन गरेका छन् । हालै एक इभेन्टमा आफ्नो बेबी बम्प (गर्भवती पेट) प्रदर्शन गर्दै श्रेयाले आफू आमा बन्ने संकेत गरेकी थिइन् । सुटुक्क विवाह गरेकी श्रेयाले यस विषयमा केही बताउन नमानेको बताइन्छ । यद्यपि उनी यो वर्ष नै आमा बन्ने पक्का भएको विभिन्न समाचारमा उल्लेख छ । टाइम्स अफ इन्डियाले प्रश्नचिह्न राख्दै यस विषयमा समाचार बनाउँदा पनि श्रेयाले कुनै आपत्ति जनाएकी छैनन् ।
बैशाख १०, मोरङ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आन्दोलनको सट्टा वार्ता र संवादबाटै समाधान खोज्न मधेसवादी दललाई आग्रह गरेका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री गच्छदारले वार्ता र संवादको विकल्प नभएको बताउँदै संविधान संशोधनबाट मात्र मधेसवादी दलको माग पूरा हुने स्पष्ट परे ।
फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहेका गच्छदारले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेकाले प्रमुख राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक भएकाले सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको बताए ।
उनले भने – ‘संविधान कार्यान्वयन गर्न सरकारले सबै पक्षसँग वार्ता र संवाद जारी राखेको छ ।’
काठमाडौं : मधेसी मोर्चासहितको संघीय गठबन्धनले वैशाख १५ गतेदेखिको आन्दोलन घोषणा गरेको छ ।
गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ गतेसम्मको आन्दोलन घोषणा गरेको छ । मधेसमा मात्रै आन्दोलन गर्ने र देशब्यापी आन्दोलन गर्ने भन्ने विवादमा रहेको गठबन्धनले अन्ततः देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।
गठबन्धन विहीबार घोषणा गरेको आन्दोलन अन्तर्गत देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने, विभिन्न सहरहरुमा विरोध सभा गर्ने तथा सिंहदरबार घेरौं अभियान चलाउने भएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, वैशाख १७ गते सबै जिल्लाका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने तथा वैशाख २१ गतेदेखि ३१ गतेसम्म प्रत्येक प्रदेश तथा जिल्ला प्रमुख सहरहरुमा विरोध सभा गर्ने रहेका छन् ।
जेठ १ गते देशैभरका कार्यकर्ता ल्याएर सिंहदरबार घेर्ने कार्यक्रम उनीहरुले चलाएका छन् । जिल्लाका सबै विरोधसभाहरु तथ विभिन्न कार्यक्रममा काठमाडौं जाऔं अभियान चलाउँदै जेठ १ गते काठमाडौंमा आन्दोलन गर्ने रहेको छ । काठमाडौंको आन्दोलनलाई विशेष रुपले परिचालन गर्ने संघीय गठबन्धनले जनाएको छ ।
गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
को को छन् गठबन्धनमा ?
गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
मोर्चामा आवद्ध सात मधेसवादी दलका साथै पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, कुमार लिङदेन नेतृत्व्को संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी, मल्ल के सुन्दर संयोजकत्वको नेवाः स्वायत्त राज्य मंखा संघर्ष समिति, लाक्पा शेर्पा संयोजक रहेको शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति लगायत विभिन्न २७ पार्टी तथा समितिका संयोजकहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
ऑनलाइन सिरहा डटकम बैशाख ११ । नेपाली काग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएदेखि नै नेपाली राजनीतिमा सरकार परिवर्तनको विषयले चर्चा पाउन थालेको छ ।सत्ताका माहिर खेलाडीको रुपमा चिनिने देउवा पार्टी सभापतिसँगै संसदीय दलको नेतामा समेत निर्वाचित भएपछि अबको प्रधानमन्त्रीको रुपमा देउवाको चर्चा सुरु भयो ।अझै श्रीमतिको उपचारको नाममा अहिले नयाँ दिल्लीमा रहेर राजनीतिक भेटवार्तालाई तिब्रता दिएपछि यो विषयले अझै मुर्त रुप लिन थालेको छ ।देउवाले आफू विसुद्ध रुपमा श्रीमतिको उपचारमा गएको बताए पनि उनले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटेको र स्वराजले मधेससहित नेपालको समस्या समाधान गर्न देउवालाई नेतृत्व लिन सुझाव दिएको विषयपछि देउवाको भ्रमणपछि मुलुकको राजनीतिमा नयाँ परिस्थिति उत्पन्न हुने निश्चित जस्तै देखिन थालेको छ ।अझै शनिवार नै फर्किने गरी नयाँ दिल्ली गएका देउवा त्यहाँ राजनीतिक भेटवार्ता लम्बिएपछि आफ्नो भ्रमण लम्ब्याई मंगलबार मात्र फर्किने भएपछि अझै त्यस अनुमानलाई बलियो बनाएको छ ।यता प्रचण्ड र उनी निकटहरुले पनि सरकार परिवर्तनको कुरा गर्न थालिसकेका छन । सरकारको बचाउ गर्दै आएका एमाओवादी अध्यक्ष प्रचण्डले हिजो दाङमा पुगेर अबको सरकारको नेतृत्व आफूले गर्ने बताएर सरकार परिवर्तनकोलागि भित्र भित्रै भईरहेको खेलले मुर्त आकार पाउन लागेको अनुमानलाई पुष्टि गरेको छ । केही दि अघि उनी निकट एमाओवादी नेता गोपाल किरातीले रिपोर्टर्स क्लब नेपालमै आएर सरकार विस्थापनकोलागि पार्टीभित्रै आन्दोलनको घोषणा गरे । उनले अब यो सरकार धेरै दिन टिक्न नसक्ने घोषणा पनि गरे । उनले भावी प्रधानमन्त्रीको रुपमा प्रचण्डलाई प्रस्तुत गरे । यसले पनि सरकार परिवर्तनकोलागि भईरहेको खेलहरुलाई पुष्टी गर्छ ।
स्रोतका अनुसार नेपाली काग्रेस पनि अब यो सरकारलाई धेरै दिन टिकाईराख्ने पक्षमा छैन । उ जसरी भएपनि केपी ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने योजनामा छ । सकेसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास गर्ने त्यो सम्भव हुन नसके एमाओवादी अध्यक्ष प्रचण्डलाई नेतृत्व दिएर भएपनि सरकारलाई विस्थापित गर्ने सोचमा छ ।
यसकोलागि काग्रेसभित्र अहिले स्थानीय निकायको निर्वाचन गराउन्जेलसम्म एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्व र त्यसपछि अर्को निर्वाचन गराउन देउवा स्वयमले नेतृत्व लिने गरी भएपछि सरकार विस्थापित गराउने विषयमा आन्तरिक छलफल सुरु भईसकेको छ ।
देउवा दिल्लीबाट फर्किएपछि यो विषयमा काग्रेसले औपचारिक रुपमा छलफल थाल्ने छ । काग्रेसले मधेसबादी दलहरुको पनि सहमति लिने प्रयास गर्ने छ । केपी ओली सरकारले मधेस समस्या समाधान नगरेको, समानान्तर रुपमा कालोबजारीको अर्थतन्त्र चलाएको, राज्यका अंगहरुलाई एमालेकरण गरेको जस्तो आरोप लगाउँदै समस्या समाधानकोलागि ठोस प्रतिबद्धता मधेसीसँग गर्ने पक्षमा काग्रेस छ ।
बैशाख ६ । प्रमुख मधेसी दलका शिर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली, ब्यवहार प्रति असन्तुष्टी ब्यक्त गर्दै उनको नियतप्रति आशंका ब्यक्त गरेका छन ।
राजधानीमा आज आयोजित संयूक्त राष्ट्रिय जनआन्दोलनको अपरिहार्यताको विषयमा आयोजित अन्र्तक्रियामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीसँग यो विचमा दुई पटक बार्ता भएपनि बार्ताप्रति प्रधानमन्त्री ईमान्दार नदेखिएको भन्दै उनी समस्या समाधान गर्ने पक्षमा नरहेको आरोप लगाए ।
उनले बार्तामा नआउने, आउँदा पनि धेरै कुराएर ढिलो आउने र विषय बस्तुमा गंभिर ढंगले प्रवेश नै गर्न नचाहने ब्यवहारले उनी समस्या समाधानको पक्षमा नरहेको स्पष्ट भएको भन्दै अब निर्णायक संयूक्त जनआन्दोलन गर्ने चेतावनी दिए । उनले अबको फैसला आन्दोलनबाटै हुने चेतावनी दिदै अधिकार नपाएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे ।
ठाकुरले पहाडमा भुकम्पको पिडा र तराईमा अधिकारविहीनताको पीडा रहेको भन्दै तराई आन्दोलनमा प्रहरीले महिलाको अपमान गरेको गुनासो गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन विभेद, नश्लबाद विरुद्ध अधिकारकोलागि भएको भन्दै अबको आन्दोलन निर्णायक हुने ठोकुवा गरे ।
अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै उनले अहिलेको राज्यले नश्लबादको राजनीति गरिरहेको बताए ।
कार्यक्रममा उपस्थीत भएपनि सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र यादवले बोलेनन । ओम गुरुङ सुन्दरमणी दिक्षित, खगेन्द्र संग्रौला र दमननाथ ढुंगाना लगायतले आन्दोलनमा समर्थन जनाउँदै विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।
वैशाख ३ ।गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ ।गोर्खा-ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका छन् । कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन ।काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो। गत भदौ पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो ।‘बेलालयका पूर्व आकाउन्सिलर गुरुङकै अगुवाइमा मेचीनगगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो,’ मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने,‘तर आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन ।
ऑनलाइन सिरहा डटकम बैशाख ३। सरकारले मापदण्ड विपरित राजनीतिक दलका कार्यकर्तालाई राज्यकोषबाट २० लाख रकम बाँडेको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतको विशेष सिफारिसमा विभिन्न राजनीतिक दलसँग सम्बन्धित १० जना ब्यक्तिलाई गैरकानुनीरुपमा २० लाख रकम बाँडिएको स्रोतले बताएको छ ।
केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले कारण नै नखुलाई १० जना ब्यक्तिलाई २० लाख रकम बाँडेको छ । रकम के प्रयोजन र किन वितरण गरियो त्यसको एकिन हुन सकेको छैन । रकम मन्त्रीहरुले आफु निकटका ब्यक्तिलाई दिएका छन् ।
मन्त्री परिषदबाट रुपन्देहीका छविलाल नेपालले ५ लाख, झापाका भक्ति सिटौलाले ५ लाख, डोल्पाका सिद्धमान विकले २ लाख, जाजरकोटका सुरेन्द्र वहादुर चन्द र मेनका खत्रीले समान २÷२ लाख , रकम पाएका छन् । त्यसैगरी हुम्लाका डवल वहादुर वुढाले २ लाख, दैलेखका कमल वहादुर शाहीले १ लाख , सल्यानका प्रेम वहादुर विकले १ लाख , अछामका प्रेम वहादुर मगरले ५० हजार र कृष्ण भुजेलले १ लाख रकम पाउने भएका छन् ।
ऑनलाइन सिरहा डटकम बैशाख १ ।सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दा पनि जनताले सास्ती पाएको उल्लेख गर्दै वैशाख ६ गतेबाट हुने आन्दोलन कुनै किसिमको नाकाबन्दी नहुने बताएका हुन् । ‘अब हामी नाकाबन्दी र जनतालाई दुःख दिने काम गर्दैर्नौं’, महतोले भने, ‘आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ, यो आन्दोलन कसैको विरुद्धमा होइन, अधिकारप्राप्तिको लागि हो ।’
अध्यक्ष महतोले विगतमा मधेस केन्द्रित आन्दोलन गर्दा आफूहरुलाई गलत आक्षेप लगाएको उल्लेख गर्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित रहेर देशव्यापी रुपमा सशक्त बनाउने बताए । उनले भने, ‘अबको आन्दोलन जनता कम प्रभावित हुने र सरकारलाई अधिकतम दबाब पुग्ने खालको हुन्छ ।’
महतोले विगतमा सरकारलाई दबाब दिनका लागि बाध्य भएर आफूहरुले नाकाबन्दी गरेको भएपनि सरकारले सुनुवाई नगरेकाले अब हुने आन्दोलनले सरकारको घुँडा टेकाएर छाड्ने दाबी गरे । उनले थपे,‘हामी सिंहदरबार घेर्छौं, हाम्रा माग सम्बोधन हुने गरी संविधान संशोधन नभएसम्म हामी आन्दोलन गरिरहन्छौं ।’
महतोले प्रधानमन्त्रीले जनताको नाममा गरेको सम्बोधनवारे टिप्पणी गर्दै भने, ‘ओलीको सम्बोधन बकवास छ, यो औचित्यहिन छ, यसले न त जनतालाई एक पैसाको राहत दिन्छ, न त आन्दोलनकारीको मागलाई नै सम्बोधन गर्छ ।’
ओलीले वार्ताको लागि आह्वान गरेर आन्दोलन तुहाउने नाटक मञ्चन गरेको भन्दै उनले थपे,‘हामीले वार्ताको लागि आन्दोलन स्थगित् गर्दा उहाँहरु कानमा तेल हालेर बस्नुभयो तर हामीले वार्ताको लागि फेरि अल्टिमेटम दिँदा कुनै वास्ता गर्नुभएन, त्यसैले उहाँहरु मुलुकलाई निकास दिने पक्षमा हुनुहुन्न, त्यसैले अब वार्ताको कुनै सम्भावना छैन ।’
नयाँ वर्षको सम्बोधनमा आफूहरुले प्रधानमन्त्री ओलीको राजिनामाको उपहार खोजेको बताउँदै सम्बोधनको नाममा सरकारले जनतालाई उपहास गरेको उनले बताए । मधेशीको माग नै नबुझेको भन्ने प्रधानमन्त्रीले आह्वान गरेको वार्तामा जानु भनेको ओलीको अनुहार हेर्न जाने काम मात्रै हुने उनले बताए ।
यद्धपी अध्यक्ष महतोले आन्दोलन आफूहरुको कुनै चाहना नभएको स्पष्ट पारे । उनले थपे,‘आन्दोलन हाम्रो बाध्यता हो, दुई महिनासम्म पनि आन्दोलन स्थगित गर्दा वार्ता गरिएन, अल्टिमेटम दिएको अन्तिम दिनमा आएर सरकारले हामीलाई वार्तामा बोलाउनु भनेको जनतालाई झुक्याउने काम हो, यो वार्ताको नौटंकीमात्रै हो ।’
उनले बैशाख ६ गते पहिचान पक्षधरहरु मधेशी, जनजाती, आदिवासीलगायत सबै शक्तिहरुसँगको छलफलपछि बृहत्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जानकारी दिए ।
क्लबका अध्यक्ष ऋषि धमलाले एकता, सहकार्य र सहमतिका साथ अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव दिएका छन् । धमलाले भने,‘‘नयाँ वर्षसँगै मुलुकमा सहमति कायम गरेर अघि बढ्ने दिशातर्फ प्रमुख राजनीतिक दल र यसका शीर्ष नेताहरु लाग्नुपर्छ, यसो भयो भने मात्रै मुलुक र जनताको भलो हुन्छ ।’
उनले शीर्ष नेताहरुलाई मुलुक र जनताको सुख, समृद्धि र विकासको लागि केन्द्रित हुन समेत आग्रह गरेका छन् ।
ऑनलाइन सिरहा डटकम बैशाख २ । ‘हामी को हो चिनिनस् ?’ बा ६५ प ९९१४ नम्बरको निलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामाथि खनिए । ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने,’बढी हुने होइन,जागिरसमेत खाइदिउँला ।’
चालक रोकिएका मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्,‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने तँ को होस् रु’
तब ट्राफिक जवान लामा निरीह देखिइन् । तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन् ।
मोटरसाइकलको पछाडि रहेकी महिलाले ट्राफिकको विरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरेर छाड्दिन भनेकी थिइन् । त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए। त्यसबेला अपराहृन तीन बजिसकेको थियो ।
महाशाखाले लेन मिचेको अभियोगमा कागजात नियन्त्रणमा लिएको स्पष्ट पारेपछि अर्यालले ल ठीकै छु भन्दै कारबाही अघी बढाउन संकेत गरे । केही बेरमै भीड जम्मा भइसकेको थियो । ट्राफिक र जनपद प्रहरीका वाकीकीमा यसबारे खैलाबैला भइसकेको थियो ।
लेन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर सुजितकुमार ठाकुर र नेपाली कांग्रेसकी सांसद रश्मी ठाकुर रहेछन् । उनीहरु नाताले श्रीमान-श्रीमती रहेको खुलेको छ ।
ट्राफिक प्रहरी हवल्दार शान्ति थापाले लेन अनुशासन उल्लघंन अभियोगमा २०० रुपैयाँ जरिवान हुने गरी पूर्जी काटेर सवारी चालक अनुमति पत्र आफूसँग राखिन् ।
ऑनलाइन सिरहा डटकम वैशाख २ ।पूरै शरीर ढाक्ने पहेंलो वस्त्र । निधारमा पनि पहेंलो फेटा । घाँटीमा सानो गेडाको रुद्राक्ष माला । यी पण्डित होइनन् । यी हुन् मन्दिरका मुख्य पुजारी दलित महिला । कथित ‘उपल्ला’ जातका मानिसले खुट्टा ढोग्दा गेरुवस्त्रधारी माता उनीहरुको शिरमा हात राखेर आशीर्वाद दिइरहेकी हुन्छिन् दाङ घोराहीमा रहेको नागेश्वर महादेव पार्वती मन्दिरमा ।
मन्दिरको मुख्य ढोकामा दलित महिला पुजारी उभिएकी हुन्छिन् । पूजाआजा गराइदिन्छिन् । भक्तजनहरुलाई टिका लगाएर आशीर्वाद दिन्छिन् । उनलाई कसैले जातपात सोध्दैन, न त उनी नै सोध्छिन् ।
उनको नाम हो पार्वती विश्वकर्मा । उमेर ३८ वर्ष । भारतमा जन्मिएकी पार्वती सात महिनाअघि मात्रै नेपाल आएकी हुन् ।
नेपालमै बस्ने गरी आएकी उनले दाङको घोराही ६ मसिनामा केही जमिन पनि किनिन् । उनमा इश्वरीय शक्ति भएको भन्दै स्थानियले उनलार्इ पुजारी राखेका हुन् ।
ऑनलाइन सिरहा डटकम चैत ३०। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ। 'सलहेस' फूलबारी 'हारमको' रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै छ।
माला आकारको सेतो फूलको थुँगाजस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय बनेकाे छ। त्यो रुख केको हो र कसरी यतिका वर्षसम्म बाँचिरहेकाे छ भन्ने खोजको विषय बनेको छ। वनस्पतिविदका अनुसार छैटौं–साताैं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथासँगै सलहेस फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती छ। छैटाैं–सातौं शताब्दीदेखि मिथिला भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ। त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट एउटा इन्द्रस्वरुप वीरबालक जयवर्द्धन (सलहेस) को जन्म भएको थियो। उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान् र सौर्यशाली थिए। सलहेसको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो। त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्याे।
भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगना गढ (हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फ) का राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए। भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सहलेस महिसोथाका गढपति बने।
सहलेस गणपति भए पनि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयका पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए। पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सहलेस समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेस र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ।
राजा सहलेस दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेसको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ।
लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा १२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक फूलबारीमा हारका रुखमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै मौलाउँदै जान्छ।
अच्चमको उक्त फूल हेर्न भारतबाट समेत असङ्ख्य मानिस आउने र मेला भर्ने गर्छन्। किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन्। साँचो मनले जसले भाकल गर्छ, उसको मनोकामना पूरा हुने जनविश्वास छ। मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन्।
सिरहा जिल्लाभित्र राजा सलहेसको गाथासँग जोडिएको धार्मिकस्थलको खोजी गरी सरकारले संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सकिने नेपाल प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामतीले बताए। यो एउटा मात्र यस्तो स्थान हो जसलाई सबै समुदायले पुज्ने गर्छन्। राजा सलहेसको गाथालाई जीवन्तता दिन अहिले पनि गाउँ गाउँमा गीत र महराईमार्फत सलहेस गाथा गाउने परम्परा जीवितै छ।
मिथिलाको ऐतिहासिक यस्ता गौरवशाली इतिहास बोकेका धरोहर संरक्षणको सम्वर्द्धन र विकास गर्न सरकारले अग्रसरता देखाउनुपर्ने उनकाे भनार्इ छ। राष्ट्रिय गौरवका रुपमा रहेको यस्तो अनौठो फूलको सरकारीस्तरबाट प्रचारप्रसार गर्न सके यसले अन्तर्राष्ट्रिस्तरमा नेपालको पहिचान बनाउन सक्ने नेपाल पत्रकार महाङ्घ धनुषाका अध्यक्ष अनिल मिश्र बताउँछन्।' रासस
राम नारायण पंडित, सिरहा, ३० चैत्र । सिरहामा अक्षर पाठशालाको एक कार्यक्रमबिच उदघाटन गरिएको छ । सिरहाको मिर्चैयामा आज (मंगलबार) सुबिधा सम्पन्न बिद्यालय अक्षर पाठशालाको उदघाटन गरिएको बिद्यालय प्रशासनले जनाएको छ । एक करोड भन्दा बढीको लागतमा निर्माण गरिएको अक्षर पाठशालाले अन्य बिद्यालय भन्दा अलग किसिमको शिक्षा प्रदान गर्ने बिद्यालयले दाबी गरेको छ । अहिले सिरहाको मिर्चैयाको साथै बिभिन्न स्थाानहरुमा बोडिंग स्कुलहरु खुल्ने लहर चलेको बेलामा मिर्चैयामा खुलेको अक्षर पाठशालाले राम्रो शिक्षा प्रदान गर्ने आशा रहेको अभिभाबकहरुको भनाई रहेको छ । बिद्यालयका संस्थापक राम नरेश राउतको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । सिरहाका उप शिक्षा अधिकारी डिल्लीराम अधिकारीको प्रमुख आतिथ्य, शिक्षक जगरनाथ न्यौपानेको बिशिष्ठ आतिथ्य, जग्गादाता प्रदिप कुमार साह र शिक्षक रामबृक्ष यादबको आतिथ्यमा उद्घाटन समारोह सम्पन्नन भएको बिद्यालयको फाउन्डर किसुनदेब यादबले बताए । यस अक्षर पाठशालामा नर्सरी देखि कक्षा ८ सम्म पुर्णत अंग्रेजी माध्यममा अध्ययन अध्यापन हुने बिद्यालयले जनाएको छ ।
चैत २९ ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीके राउतलाई आफ्नै निवासमा बोलाएर दुई साताअघि कुराकानी गरेका छन् ।तराईमा सीके राउतको गतिविधि बडिरहेको र प्रहरी प्रशासनले उनलाई केही गर्न नसकेको निष्कर्षसहितको प्रतिवेदन नेपाली सेनाले सरकारलाई बुझाएकै साता भट्टराईले राउतलाई भेटेका हुन् ।एमाओवादी प्रवक्ता दीनानाथ शर्माका ज्वाइँ शुभशंकर कँडेलको टेलिभिजन एबीसीमा अन्तर्वार्ता दिएकै दिन राउतले नयाँ शक्ति नेपालका संयोजक भट्टराईलाई सानेपास्थित उनको निवासमै गएर भेटेका हुन् ।राउतले भट्टराई निवासमा राति एक घन्टा बिताएको रिपोर्ट प्रधानमन्त्री केपी ओलीकहाँ पुगेको छ ।बाबुराम संविधानसभाको संवाद समितिको संयोजक हुँदा विधिवत रुपमा राउतलाई बोलाएर देश विखण्डनको एजेन्डालाई पनि छलफलका क्रममा दर्ज गराएका थिए । त्यसले तराईमा राउतको गतिविधि बढाउन मलजल गरेको थियो ।त्यसो त, बाबुरामको भारतमा जुन सम्पर्क सूत्र थियो, त्यसैले राउतलाई एक महिनाअघि दिल्ली बोलाएर मेजमानी दिएको स्रोतले बताएको छ ।बाबुरामले भेटका क्रममा देश विखण्डन गर्ने राउतको अभियानलाई प्रत्यक्ष सहयोग गर्न नसक्ने दुःखेसो पोखेका थिए ।तर उनले मधेसका जनताले अर्को देश माग्छन् भने त्यसमा आफ्नो भन्नु केही नहुने भन्दै त्यसबेला राउतलाई समर्थन दिने भनेका थिए ।
चैत २९ । गत असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ८ बुँदे सम्झौता गरेर सरकारमा सहभागि भएका मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार अप्ठ्यारोमा पर्न थालेका छन ।
सरकारमा सहभागि हुँदा गरेको सम्झौता तीन महिनादेखि ६ महिनासम्ममा कार्यान्वयन गराउने प्रतिबद्धतासहित सरकारमा सहभागि भएका गच्छदारकै पार्टीमा अहिले सरकारको आयू छ महिना नाघीसकेको अवस्थामा ८ बुँदे सम्झौताको कुन कुन बुँदा कार्यान्वयन भयो भनेर पार्टीभित्रबाट तिब्र रुपमा खोजविन सुरु भएपछि उनी अप्ठ्यारोमा पर्ने स्थिति उत्पन्न भएको हो ।
पार्टीभित्र अहिले सरकारमा सहभागित हुँदा गरेको ८ बुँदे सम्झौताको समिक्षा सुरु भएको छ । पार्टीका एक प्रभावशाली नेताले ८ बुँदे सम्झौता गरेर पार्टी अध्यक्ष उपप्रधानमन्त्री बन्ने र महामन्त्री रामजनम चौधरी स्वास्थ्यमन्त्री बन्ने बाहेक कुनै पनि बुँदा पुरा नभएको भन्दै यो विषयलाई आगामि केन्द्रीय समितिको बैठक र बैशाख २० गते विराटनगरमा हुने पार्टीका महाधिवेशनमा लिएर जाने बताए ।
मधेसको माग अनुसारको सीमांकन गर्ने, मधेस आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति दिने, घाईतेको निशुल्क उपचार गर्ने , मृतकलाई सहिद घोषणा गर्ने लगायतका सहमति भएको थियो । ति नेताले छ महिना भन्दा बढी समय सरकारमा सहभागि भईसक्दा समेत एउटा बुँदा समेत कार्यान्वयन गर्न पहल नगरेको भन्दै अब पार्टी सरकारबाट फिर्ता भएर आन्दोलनमा जानुको विकल्प नरहेकोले आफूले अब त्यही अभियान सञ्चालन गर्ने बताए ।
उनले भने,‘ गच्छदार र चौधरीले मन्त्री भएर पैसा कमाए होलान तर पार्टीले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । मधेस आन्दोलनको बेला पार्टी सरकारमा जाँदा जनआधारमा समेत असर पर्यो, कुनै मुद्दा संबोधन गराउन पनि सकेनन । अब पार्टी सरकारमा रहनुको औचित्य छैन ।
अन्लाईन सिरहा डट्कम २७ चैत्र । मधेशमा ६ महिना लामो आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति दलहरु मिलेर संयुक्त रुपमा राष्ट्रव्यापी आन्दोलन गर्ने सहमति भएको छ । आन्दोलनरत दलहरुको सबैको एजेन्डा समान भएकोले संयुक्त रुपमा राज्य विरुद्ध निर्णायक आन्दोलन गर्ने सहमति भएको हो । यसैक्रममा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच शनिवार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बृहत् छलफल भएको छ ।‘राज्यको विभेदकारी नीति विरुद्ध हिमाल, पहाड र मधेश लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ’– बैठकपछि फोरम नेपालका अध्यक्ष्ँ उपेन्द्र यादवले भने । त्रुटिपूर्ण संविधान विरुद्ध संघर्षरत सबै पक्षको एजेन्डा र माग समान भएकोले राज्य विरुद्ध संयुक्त रुपमा उठ्नुको विकल्प नभएको अध्यक्ष्ँ यादवले बताए ।
अधिकार र पहिचानका लागि राज्य विरुद्ध संघर्षरत मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले जारी आन्दोलनलाई राष्ट्रव्यापी रुपमा चर्काउने तयारीलाई तीब्रता दिएको छ । गठबन्धनले राजधानीको सभागृहमा वैशाख ६ गते बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक नाराका साथ वरिष्ट राजनीतिज्ञ एवं बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने सो अन्तरक्रियाले आगामी आन्दोलनलाई दिशानिर्देश गर्ने बताइएको छ ।
दिनेश्वर गुप्ता लहान, २७ चैत्त । चलै चलु चलै चलु लवका बर्ष २०७३ बैशाख ३ गते प्रसवनी चलु प्रसवनी चलु, थारु मुक्तिके आधार जातीय पहिचान आत्म निर्णय आ स्वशासनके अधिकार’ को लागि थारु राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको दोस्रो जिल्ला सम्मेलनमा सहभागी हुन थारु संगठन समितिले आव्हान गरिएको छ । सप्तरीको प्रसवनी महिकर उच्च माविमा हुन गइरहेको थारु राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनमा सहभागी हुन आव्हान गरिएको मोर्चाका शिवा थारुले जानकारी गराइएको छ । चौधरीका अनुसार सो सम्मेलनका प्रमुख अतिथी एनेकपा माओवादीका केन्द्रीय सचिव एवं शिक्षा मन्त्री गिरीराजमणी पोखरेल रहनु भएका छन् । यस्तै विशेष अतिथीमा एनेकपा माओवादीका केन्द्रीय सदस्य एवं सिंचाई मन्त्री उमेशकुमार यादव रहेका छन् । यसैगरी विशेष अतिथीमा केन्द्रीय सदस्य एवं सांसद अशोककुमार मण्डल (अमर) रहेका छन् भने अर्का विशेष अतिथीमा माओवादीका केन्द्रीय सदस्य तथा सांसद एवं थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य मानकुमार चौधरी थारु रहेका छन् । कार्यक्रमको आयोजक थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल जिल्ला संगठन समिति सप्तरी रहेको छ ।
विरेन्द्र यादव विरु लहान, २६ चैत्त । लहान स्थित रहेको रौनियार सेवा समितिको बैठकले स्वजातीलाई नै सदस्यता नदिएकोले विवाद बढेको छ । सदस्यताको लागि समितिका अध्यक्ष देवनारायण गुप्ता र उपाध्यक्ष विजय गुप्तालगायतले अनावश्यक रुपमा संस्थाको विधान विपरित अतिरिक्त एक लाख रुपैयांको माग गरेपछि विवाद बढेको छ । लहान ६ निवासी गोपाल गुप्ताले विधान बमोजिम रकम (रु ५१५१।—) दिन तयार रहेको पनि जर्बजस्ती थप एक लाख नदिएसम्म सदस्यता नदिने कुरा आएपछि विवाद भएको गोपाल गुप्ताले फेसबुकमा आफ्ना स्टाटस् सार्वजनिक गरेका छन् । यसरी विधानको खिलाफमा गरिएको कार्यप्रति विरोध जनाउंदै रकम अनियमिताको सवालले संस्थाप्रति प्रश्न चिन्ह खडा भएको छ । सदस्यताको लागि गोपाल गुप्ताले एक महिना पहिले निवेदन दिइएका थिए । गोपालले भने हैकमवादी प्रवृतिका पदधिकारीहरुले आज बसेको बैठकमा मेरो निवेदन मलाई नै फिर्ता गरी बेइज्जतीका साथ त्यहांबाट बाहिरी निकालिएका छन् । यसरी बेइज्जतीका साथ मलाई मानहानी हुने गरी गरिएको कार्यप्रति विरोध गर्दै आवश्यक कारवाहीको लागि प्रशासनमा जाने उनी बताउंछन् । उता, उपाध्यक्ष गुप्ताले भने हामी गोपाललाई विधानकै आधारमा सदस्यता दिन तयार रहेको जिकिर गरेका छन् ।
राम नारायण पंडित, सिरहा, २३ चैत्र ।प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक
तथा अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि
सम्बन्धित निकाय मौन देखिएको छ । परीक्षा हलमा सहभागी
विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट
प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका
शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट
गर्ने गरेको पाइएको छ । उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार
गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा
केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने
गरिएको छ । एसएलसी परीक्षाको पहिलो दिन देखिनै सिरहाको
अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न
आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने
गरिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा
सदरमुकामकाको साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा,
बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा
केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको
दाबी रहेको छ । सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी
विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको
नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि
जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जि गार्ड फेला
परेपनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको
छैन् । परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम
रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५
जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि
परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ । परिक्षा
केन्द्रहरुका केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड
नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र परिक्षार्थी
परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको
सहजै अनुमान लगाउन सकिन्छ । यता, सिरहाका जिल्ला शिक्षा अधिकारी
महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही
गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट
१३ हजार २ सय ३५ जना विद्यार्थी एसएलसीमा सहभागी हुँदै छन् ।
ऑनलाइन सिरहा डटकम चैत २२ । एसएलसी परीक्षाको प्रश्नपत्र ‘स्क्यानिङ’ गरी विद्यालयभित्रै चिट बनाउँदै गरेको अवस्थामा पक्राउ परेका सिरहाको लहानस्थित एपोलो बोर्डिङ स्कुलका सहायक प्रिन्सिपलसहित पाँचजना शिक्षकमाथि प्रहरीले मुद्दा चलाएको छ ।
अनिवार्य गणित विषयको प्रश्नपत्र स्क्यानिङ गरी विद्यालयभित्रै त्यसको उत्तर तयार गरी फोटोकपी गरेर आफ्ना विद्यालयका परीक्षार्थीलाई पु¥याउने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसी नेतृत्वको टोलीले आइतबार स्क्यानर र फोटोकपी मेसिन, स्क्यानिङ गरेको प्रश्नपत्र तथा उत्तर लेखिएका कागजसहित पाँचैजनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका एपोलो बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल राकेश चौधरी, सोही विद्यालयका शिक्षक गिरीराज महतो, मिथिलेस यादव, रामबहादुर चौधरी र लक्ष्मण चौधरीमाथि शिक्षा ऐन, २०२८ अनुसार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
पक्राउ परेका पाँचैजना शिक्षकलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर शिक्षा ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको केसीले बताए।
शिक्षा ऐन, २०२८ मा परीक्षामा अमर्यादित कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रूपैंयासम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।
यस्तै इलाका प्रशासन कार्यालय लहान र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको इलाकास्तरीय अनुगमन टोलीले चिट बनाएर परीक्षार्थीलाई चोरी गराएको आरोपमा जनता डोमी चौधरी उच्च मावि पोखरभिण्डा परीक्षा केन्द्रबाट पक्राउ गरेको छ ।
पक्राउ परेका सिरहाको धनगढीमाई नगरपालिका–३ निवासी २२ वर्षीय बरुणकुमार भनिने बरुण देव हरिजनमाथि पनि प्रहरीले शिक्षा ऐन, २०२८ अन्तर्गत मुद्दा चलाएको छ ।
अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा कार्यालय सहयोगीको परिचयपत्र बोकेर खटिएका हरिजनले विद्यालयको शौचालयमा गई चिट तयार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय परीक्षा अनुगमन टोलीले जिल्लाको विभिन्न परीक्षा केन्द्रमा अमर्यादित कार्य गरेको आरोपमा पक्राउ गरेका २० जना निरीक्षकमाथि भन्ने प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । रासस
राम
नारायण पंडित, सिरहा, २२ चैत्र ।सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिका
घाइते भएको छ । कल्याणपुर १ स्थित ग्रामिण सडक खण्डमा आइतबार स. ५ प. ९७०६
नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय राजलाल मण्डलको ३ बर्षीय छोरी काजल
कुमारी मण्डल घाईते भएको छ । घाईते बालिकाको टाउको र खुट्टामा चोट लागेको
ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते बालिकाको स्थानिय
क्ल्नििकमा उपचार भईरहेका छ । यता, चालक देबीपुर ३ बस्ने १८ बर्षीय फिरोज
राईन र मोटरसाइकल अनुसनधानको लागि ईलाका प्रहरी कायार्लय कल्याणपुरको
नियन्त्रणमा रहेको छ ।
राम नारायण पंडित, सिरहा, २२ चैत्र ।
सिरहाको कल्याणपुरमा आगलागि हुँदा करीब ८ लाख भन्दा बढीको धनमाल
जलेर नष्ट भएको छ । कल्याणपुर ९ स्थित बवन सिंहको घरबाट आइतबार सुरु
भएको आगलागीबाट ८ लाख ७० हजार बराबरको क्षती भएको ईलाका प्रहरी
कार्यालय मिर्चैयाले जनाएको छ । आगलागिबाट बबन सिंहको फुसको घर,
थे्रसर मेसिन, भाडा–बर्तन, लताकपडा, अन्नपात गरी रु. ४ लाख ६५ हजार
बराबरको क्षती भएको छ । त्यस्तै, राजकुमार सिंहको फुसको घर,
भाडा–बर्तन, लताकपडा, अन्नपात गरी रु. १ लाख ८० हजार बराबरको क्षति भएको
छ भने ललन सिंहको फुसकोे घर, भाडा–बर्तन, लताकपडा, अन्नपात गरि रु २
लाख २५ हजार बराबरको क्षती भएकोे छ । घट्नाबारे थप अनुसनधान
भईरहेको प्रहरीले बताए ।
राम
नारायण पंडित, सिरहा, २२ चैत्र । सिरहामा बेबारिस अबस्थामा एक पुरुष मृत
फेला परेको छ । बडहरामाल ५ बस्तीपुर चौक नजिक रहेको मसलाको रुखको फेदमा नाम
थर वतन नखुलेको एक पुरुषको लाश बेबारिसे अबस्थामा आइतबार फेला परेको ईलाका
प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी
४५ बर्षीय उक्त पुरुष मृत फेला परेकोले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी
पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको छ । मृतक थप अनुसन्धान
कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
राम नारायण पंडित, सिरहा, २१ चैत्र ।सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न
नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड
वस्ने गरेको पाइएको छ । आजको अनिवार्य गणित विषयको परीक्षामा
जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा
निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक संजिव कुमार सिंहको
नाममा अरु नै गार्ड वसेका छन् । सिंहले आफू परीक्षामा गार्ड
नवसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म परीक्षामा
गार्ड बस्न कतै गएको छैन् । विद्यालय छुट्टी भएकोले घरकै काममा
लागेको छु । गोलबजर – ७ चोहर्वा स्थित शान्ति निकुञ्च आवाशिय
विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक
राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बस्नु भएको
छ । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उदेश्यले बसेको
भएपनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा
राखिएको नाम नवताउने शर्तमा त्यहि विद्यालयमा कार्यरत एक शिक्षकले
जानकारी दिनुभयो । जनहित निमावि गोलबजार–६, डोहटीयाको
नाममा परिचयपत्र बनाई भोजराज चौहान र राजकुमार राम परीक्षामा
गार्ड वसेको भएपनि ती नाम गरेका शिक्षकहरु आफ्नो विद्यालयमा
नभएको प्रधानाध्यापक बद्रि यादवले जानकारी दिनुभयो । उमेश
साह निमावि डावरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड
वसेको भएपनि उहाँ त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत
एक शिक्षकले जानकारी दिनुभयो । परीक्षा मर्यादित र शान्त बनाउन
परिक्षामा गार्डहरु राखेको भएपनि निजी विद्यालयहरुले आफ्ना
विद्यार्थीलाई चिठ चोराउन किर्ते परिचयपत्र बनाई गार्ड राखेका छन्
। सोही परीक्षा केन्द्रमा निजी विद्यालयका शिक्षकहरुलाई कार्यालय
सहयोगीको परिचयपत्र बनाई परीक्षा केन्द्रमा बस्ने गरेका छन् ।
आफ्नै विद्यालयमा परिचर हुँदा हुँदै पनि चन्द्र परियार, आनन्द
भट्टराई, प्रविन भुजेल र भिम लामालाई राखेका हुन् । उहाँहरु सवै
जना नीजि विद्यालयका शिक्षक हुन् । सो परीक्षा केन्द्रमा शिशुज्योती
आवाशिय विद्यालय धनगढी, सारदा ईङ्गलीश बोर्डिङ स्कूल
गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल
इङ्गलिश स्कूल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च
आवासिय विद्यालयका विद्यार्थीले शिशुज्योती आवाशिय माध्यमिक
विद्यालय धनगढीबाट परीक्षा दिईरहेका छन् । यस वर्षबाट एसएलसी
परीक्षामा कोही फेल नहुने नीति राज्यले ल्याएको भएपनि
राम्रो नम्वर ल्याएर विद्यालयको प्रचार गर्नकै लागि नीजि
विद्यालयहरुले अझै मारामार गरेर फर्जि परिचयपत्र बनाएर गार्ड
राख्ने गरेको छ । यता, केन्द्राध्यक्ष सुरेश कुमार साहले सवै
शिक्षकहरुले सरकारी विद्यालयको लेटरप्याडमा शिक्षक भएको लिखित
ल्याएको हुँदा उहाँहरुलाई गार्डको लागि सिफारिस गरेको
बताउनु भयो । उहाँले भन्नुभयो, ‘म सवैशिक्षकलाई चिन्दिन
उहाँहरुले ल्याएको प्रमाणको आधारमा सिफारिस गरिएको हो ।’
यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते
गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताउनु भयो ।
राम नारायण पंडित, सिरहा, २० चैत्र ।
सिरहामा ट्रकको ठक्करबाट घाईते भएको एक युवकको
उपचारको क्रममा मृत्यु भएको छ । आज (शनिबार) बिहान
सिरहाको गोलबजार नगरपालिका ८ पुरानो चोहर्वा स्थित पुर्व
पश्चिम लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको ना. ४
ख. १९३४ नम्बरको ट्रकको ठक्करबाट घाइते युबकको
उपचारको क्रममा रा. उ. स्मारक अस्पताल लहानमा मृत्यु भएको
ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतक
युबकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ ।
मृतक युबकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
मृतक गहु गोरो बर्ण, ५ फिट ७ ईन्च उचाई, खैरो
भेष्ट, निलो जिन्स लगाएको र मधेशी मुलको जस्तो देखिने
करीब २५ बर्षीय रहेको प्रहरीले जनाएको छ ।
ऑनलाइन सिरहा डटकम चैत २० ।तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) को झापाबाट महोत्तरीसम्मका नेताहरु सम्मिलित केन्द्रीय कार्यसमितिको बैठक आज सप्तरीको राजविराजमा भइरहेको छ ।
बैठकमा मधेश आन्दोलनको आवधिक समीक्षा, भावी कार्यनीति तथा रणनीति, संगठन सदृढीकरण आदिका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य कृष्णा सिँहले बताएका छन् ।
ऑनलाइन सिरहा डटकम चैत २० । भारतीय प्रहरीले छजना नेपालीलाई मानव तस्करीमा संलग्न रहेको अभियोगमा भारतीय अदालतमा मुद्दा चलाएको छ । उनीहरुले पाँचहजार रुपियाँको दरले रकम दिएर २९ जना नाबालिगलाई कामका लागि भारतको मद्रास लिएर जान लागेको अभियोगमा भारतको बिहारस्थित मुझफ्फपुर अदालतमा मुद्दा चलाइएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार भारतको मद्रास काम गर्न जान लागेका ३५ जना नेपालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो । पक्राउ परेकामध्ये २९ जना नाबालिग रहेको भन्दै प्रहरीले मुजफ्फरपुरस्थित बालगृहमा राखेका छन् भने उनीहरुका परिवारलाई ५–५ हजार रुपियाँ दिएर भारतको मद्रास काममा लग्न खोजेको भन्दै ६ जनाविरुद्ध मानव तस्करीको मुद्दा लगाएर जेलमा राखिएको चाइल्ड लाइन संस्थाका प्रतिनिधि रविन्द्रकुमारले बताए । ५१ औं बटालियनका सहायक सेनानायक सास्वत पाण्डेयले नेपाली किशोरहरुलाई विभिन्न प्रलोभन देखाएर भारतको मद्रास लान थालिएको गोप्यसूचना प्राप्त भएको र सोही सूचनाका आधारमा कार्यकारी सेनानायक जय गोपाल नामासुद्राको निर्देशनमा भिठ्ठामोड चेकप्वाइन्टका प्रभारी सबईन्सपेक्टर अनिलकुमारको कमाण्डमा मुख्य आरक्षी रतन चन्द, महिपाल तथा आरक्षीहरु रोहतान, वाणी सिंह मिना र प्रवीण पाठकको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।सुरुमा २४ जनालाई नियन्त्रणमा लिइएको र पछि पुनः थप ११ जनालाई नियन्त्रणमा लिइएपछि पक्राउ पर्नेहरुको सँख्या ३५ पुगेको हो ।भारतीय एसएसबीले पत्रकारहरुलाई दिएको उमेर र अदालतमा पेश गरेको उमेरमा भने फरक देखिएको छ । सुरुमा १३ जना नाबालिग भनिए पनि उमेरको हिसाबले ७ जना मात्र नाबालिग देखिएको तर बिहीबार अदालतमा २९ जना नाबालिग रहेको दाबी भारतीय प्रहरीले गरेका थिए ।हाल बालगृहमा रहेका बालकहरुको अभिभावकसँग सम्पर्क स्थापित हुँदै गरेको र चाइल्ड कोर्टले बोलाएको मितिमा अभिभावहरुलाई समेत बोलाइने चाइल्ड लाइन नामक संस्थाका प्रतिनिधि रविन्द्रकुमारले फोन सम्पर्कमा बताए ।
दिनेश्वर गुप्ता लहान, १९ चैत्त । रक्षकको अगाडि कसैले बल प्रयोग गरिरहेको छ भने त्यसलाई रोक्नुपर्ने तथा शान्ति सुरक्षा दिनुपर्ने हुन्छ । तर, सप्तरीको कडरबोना प्रहरी कार्यालय अगाडि भएको मोटरसाईकल तोडफोड देखेर प्रहरीहरु आफ्नो कार्यालयभित्र लुकेर बसे ।
यो घटना चैत्र १७ गते विहान ईलाका प्रहरी कार्यालय कडरबोना अगाडि संगीता चौधरीले बा.३८ प. ८३१५ नम्बरको मोटरसाईकलाई ईटा—ढुंगाले तोडफोड गरी क्षति पुरयाएको छ । उक्त मोटरसाईकल संगीता चौधरीका पति रामकुमार चौधरीबाट स्थानीय दिनेश चौधरीले १ लाख ४० हजारमा खरिद गरिएको बिक्रीनामा कागत समेत गरिएको हो ।
दिनेश चौधरीले माघ महिनामै रामकुमार चौधरीसंग मोटरसाईकल लिएर चढिरहेको थियो । यता, पति पत्निबीच आपसी द्धन्द्ध भएपछि संगीताले प्रहरीकै उस्कहाटमा मोटरसाईकल तोडफोड गरिएको स्थानीयहरु बताउंछन् । १ लाख ४० हजारमा खरिद गरेका दिनेश चौधरीले आफ्नो मोटरसाईकल संरक्षण गरि पाउं भनी ईलाका प्रहरी कार्यालय कडरबोनामा फोन सम्पर्क गर्दा ईंचार्ज नागेश्वरप्रसाद यादवले उल्टो गाली गरेर हप्काएको थियो । यहां प्रहरी कार्यालय अगाडि मोटरसाईकल तोडफोड गर्दा मुकदर्शक बनेका प्रहरी कस्तो रक्षक त ? चासोको विषय बनेको छ । फागुन २५ गते स्थानीय युवाहरुले त्यही प्रहरी कार्यालयका ईंचार्ज प्रेमबहादुर थापा र प्रहरी जवान अशोक यादवले घुस खाएको सम्बन्धमा अख्तीयार दुरुपयोगलाई जानकारी गराएपछि प्रहरीहरु केही युवाहरुलाई फसाउंने तर्साउने काम गरिरहेको छ । कार्यालयका ईन्चार्ज थापा र प्रहरी जवान अशोक यादव अख्तीयारको अनुसन्धानमा रहेको छ भने अशोक यादवका नातेदार असई श्रीदेव यादव सोही कार्यालयका मुद्दा फांटमा कार्यरत छन् ।