मोर्चासम्बद्ध गठबन्धनले गर्यो आन्दोलनको घोषणा, जेठ १ गते सिंहदरबार घेर्ने
Advertise Here Book Now
काठमाडौं : मधेसी मोर्चासहितको संघीय गठबन्धनले वैशाख १५ गतेदेखिको आन्दोलन घोषणा गरेको छ ।
गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ गतेसम्मको आन्दोलन घोषणा गरेको छ । मधेसमा मात्रै आन्दोलन गर्ने र देशब्यापी आन्दोलन गर्ने भन्ने विवादमा रहेको गठबन्धनले अन्ततः देशब्यापी आन्दोलनको घोषणा गरेको छ ।
गठबन्धन विहीबार घोषणा गरेको आन्दोलन अन्तर्गत देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने, विभिन्न सहरहरुमा विरोध सभा गर्ने तथा सिंहदरबार घेरौं अभियान चलाउने भएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, वैशाख १७ गते सबै जिल्लाका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने तथा वैशाख २१ गतेदेखि ३१ गतेसम्म प्रत्येक प्रदेश तथा जिल्ला प्रमुख सहरहरुमा विरोध सभा गर्ने रहेका छन् ।
जेठ १ गते देशैभरका कार्यकर्ता ल्याएर सिंहदरबार घेर्ने कार्यक्रम उनीहरुले चलाएका छन् । जिल्लाका सबै विरोधसभाहरु तथ विभिन्न कार्यक्रममा काठमाडौं जाऔं अभियान चलाउँदै जेठ १ गते काठमाडौंमा आन्दोलन गर्ने रहेको छ । काठमाडौंको आन्दोलनलाई विशेष रुपले परिचालन गर्ने संघीय गठबन्धनले जनाएको छ ।
गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
को को छन् गठबन्धनमा ?
गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
मोर्चामा आवद्ध सात मधेसवादी दलका साथै पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, कुमार लिङदेन नेतृत्व्को संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी, मल्ल के सुन्दर संयोजकत्वको नेवाः स्वायत्त राज्य मंखा संघर्ष समिति, लाक्पा शेर्पा संयोजक रहेको शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति लगायत विभिन्न २७ पार्टी तथा समितिका संयोजकहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।