राष्ट्रव्यापी आन्दोलन चर्काउने तयारीमा तीव्रता
Advertise Here Book Now
अन्लाईन सिरहा डट्कम २७ चैत्र । मधेशमा ६ महिना लामो आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र आदिवासी जनजाति दलहरु मिलेर संयुक्त रुपमा राष्ट्रव्यापी आन्दोलन गर्ने सहमति भएको छ । आन्दोलनरत दलहरुको सबैको एजेन्डा समान भएकोले संयुक्त रुपमा राज्य विरुद्ध निर्णायक आन्दोलन गर्ने सहमति भएको हो । यसैक्रममा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुबीच शनिवार संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बृहत् छलफल भएको छ ।‘राज्यको विभेदकारी नीति विरुद्ध हिमाल, पहाड र मधेश लगायत विभिन्न क्षेत्र, प्रदेशमा संघर्षरत शक्तिहरुलाई एकताबद्ध गरी जारी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने सहमति भएको छ’– बैठकपछि फोरम नेपालका अध्यक्ष्ँ उपेन्द्र यादवले भने । त्रुटिपूर्ण संविधान विरुद्ध संघर्षरत सबै पक्षको एजेन्डा र माग समान भएकोले राज्य विरुद्ध संयुक्त रुपमा उठ्नुको विकल्प नभएको अध्यक्ष्ँ यादवले बताए ।
अधिकार र पहिचानका लागि राज्य विरुद्ध संघर्षरत मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले जारी आन्दोलनलाई राष्ट्रव्यापी रुपमा चर्काउने तयारीलाई तीब्रता दिएको छ । गठबन्धनले राजधानीको सभागृहमा वैशाख ६ गते बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्रिय आन्दोलनको अपरिहार्यता विषयक नाराका साथ वरिष्ट राजनीतिज्ञ एवं बौद्धिक व्यक्तिहरु प्रमुख वक्ता रहने सो अन्तरक्रियाले आगामी आन्दोलनलाई दिशानिर्देश गर्ने बताइएको छ ।