सिरहामा सरकारी विद्यालयको फर्जि परिचयपत्र बनाई नीजिका शिक्षक गार्डमा
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, २१ चैत्र ।सिरहामा यस वर्ष एसएलसी परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई गार्ड वस्ने गरेको पाइएको छ । आजको अनिवार्य गणित विषयको परीक्षामा जनता माध्यमिक विद्यालय अयोध्यानगर, कसहा परीक्षा केन्द्रमा निम्न माध्यमिक विद्यालय गुरुधामका शिक्षक संजिव कुमार सिंहको नाममा अरु नै गार्ड वसेका छन् । सिंहले आफू परीक्षामा गार्ड नवसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म परीक्षामा गार्ड बस्न कतै गएको छैन् । विद्यालय छुट्टी भएकोले घरकै काममा लागेको छु । गोलबजर – ७ चोहर्वा स्थित शान्ति निकुञ्च आवाशिय विद्यालयका सहायक प्रिन्सिपल विनोद साह महदेवा पोर्ताहा प्राविका शिक्षक राजदेव यादवको नाममा नक्कली परिचय पत्र बनाएर गार्ड बस्नु भएको छ । आफ्नै विद्यालयका परीक्षार्थीलाई सिकाउने उदेश्यले बसेको भएपनि विद्यार्थीलाई अनुशासनमा राख्न उनलाई परीक्षा केन्द्रमा राखिएको नाम नवताउने शर्तमा त्यहि विद्यालयमा कार्यरत एक शिक्षकले जानकारी दिनुभयो । जनहित निमावि गोलबजार–६, डोहटीयाको नाममा परिचयपत्र बनाई भोजराज चौहान र राजकुमार राम परीक्षामा गार्ड वसेको भएपनि ती नाम गरेका शिक्षकहरु आफ्नो विद्यालयमा नभएको प्रधानाध्यापक बद्रि यादवले जानकारी दिनुभयो । उमेश साह निमावि डावरको शिक्षकको नाममा नक्कली परिचय पत्र बनाई गार्ड वसेको भएपनि उहाँ त्यस विद्यालयको शिक्षक नभएको त्यही कार्यरत एक शिक्षकले जानकारी दिनुभयो । परीक्षा मर्यादित र शान्त बनाउन परिक्षामा गार्डहरु राखेको भएपनि निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई चिठ चोराउन किर्ते परिचयपत्र बनाई गार्ड राखेका छन् । सोही परीक्षा केन्द्रमा निजी विद्यालयका शिक्षकहरुलाई कार्यालय सहयोगीको परिचयपत्र बनाई परीक्षा केन्द्रमा बस्ने गरेका छन् । आफ्नै विद्यालयमा परिचर हुँदा हुँदै पनि चन्द्र परियार, आनन्द भट्टराई, प्रविन भुजेल र भिम लामालाई राखेका हुन् । उहाँहरु सवै जना नीजि विद्यालयका शिक्षक हुन् । सो परीक्षा केन्द्रमा शिशुज्योती आवाशिय विद्यालय धनगढी, सारदा ईङ्गलीश बोर्डिङ स्कूल गोलबजार, सरस्वती उच्च माध्यमिक विद्यालय जमदह तेतरिया र मोडेल इङ्गलिश स्कूल धनगढीको परीक्षा केन्द्र रहेको छ । शान्ति निकुञ्च आवासिय विद्यालयका विद्यार्थीले शिशुज्योती आवाशिय माध्यमिक विद्यालय धनगढीबाट परीक्षा दिईरहेका छन् । यस वर्षबाट एसएलसी परीक्षामा कोही फेल नहुने नीति राज्यले ल्याएको भएपनि राम्रो नम्वर ल्याएर विद्यालयको प्रचार गर्नकै लागि नीजि विद्यालयहरुले अझै मारामार गरेर फर्जि परिचयपत्र बनाएर गार्ड राख्ने गरेको छ । यता, केन्द्राध्यक्ष सुरेश कुमार साहले सवै शिक्षकहरुले सरकारी विद्यालयको लेटरप्याडमा शिक्षक भएको लिखित ल्याएको हुँदा उहाँहरुलाई गार्डको लागि सिफारिस गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म सवैशिक्षकलाई चिन्दिन उहाँहरुले ल्याएको प्रमाणको आधारमा सिफारिस गरिएको हो ।’ यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही गर्ने बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्