साउदी अबरको ठूलो कम्पनी टाटपल्टियो, नेपाली र भारतीय मजदुर प्रभावित
Advertise Here Book Now
लन्डन, १८ वैशाख । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक बिनलादिन समूहले आफ्ना पचास हजार कामदार मजदुरलाई नोकरीबाट हटाइदिएको छ । पछिल्लो समय कच्चा तेलको मूल्यमा भएको भारी गिरावटबाट साउदी अरबलाई ठूलो नोक्सानी उठाउनु परेको छ । मूल्य गिरावटबाटको आर्थिक संकटबाट जोगिन साउदी अरबका कम्पनीहरूले कामदारलाई धमाधम जागिरबाट निकाल्न सुरू गरेको बीबीसीले जनाएको छ । जेद्दाहमा अरब न्यूजका सम्पादक सिराज वहाबले बिनलादिन समूहको फैसलाबाट साउदी अरबको आर्थिक स्थितिमा कुनै लेनदेन नरहेको टिप्पणी गरेका छन् । उनले बिनलादिन समूह निजी कम्पनी भएकाले यसले साउदी अरबलाई कुनै असर नगर्ने दाबी गरे ।
उनका अनुसार अघिल्लो वर्ष सेप्टेम्बरमा मक्काको मस्जिदमा भएको क्रेन दुर्घटनामा १ सय ७ जनाको मृत्यु भएपछि यो कम्पनीलाई दोषी ठहराउँदै सरकारले बन्देज लगाएको थियो । ‘यो कम्पनीलाई आफ्ना कर्मचारी कटौति गर्नुभन्दा अर्को बिल्प थिएन’, सम्पादक वहाबले भनेका छन् । बिनलादिन समूहको यो कम्पनीलाई ओसामा बिन लादेनका परिवारले चलाउँदै आएका थिए । यो कम्पनीमा लादेनको पनि हिस्सा रहेको थियो ।
बिनलादिन कम्पनीलाई दशकौंदेखि साउदी शाही परिवारबाट ठूला निर्माण कन्ट्रक्टको काम पाउँदै आएको थियो । विश्वमा मुसलमानको सर्वोच्च धार्मिक स्थल मक्कामा हरम शरीफको विस्तारको परियोजना पनि यो कम्पनीले पाएको थियो । कुनै बेला बिनलादिन कम्पनीमा कर्मचारीहरू दुई लाखसम्म हुनेगर्थे । बिनलादिन समूहमा मजदुरहरूले समयमा तलब नपाएको भन्दै धेरै पटक बिरोध पनि भएको थियो । बिनलादिन समूहको कर्मचारी कटौटिको निर्णयबाट नेपाली, भारतीय मजदुर धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।