मधेसी नेताहरु भन्छन्- सरकार अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ
Advertise Here Book Now

काठमाडौं, १८ वैशाख । विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताए । उनले भने, ‘सरकारले मोर्चालाई वार्तामा बोलाउने तर अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ ।’
नेता कर्णले मोर्चाले यही वैशाख १५ गतेदेखि दोस्रो चरणको आन्दोलन थालेको र सरकारले यसको सुनुवाइ नगरे देशभर आन्दोलनलाई चर्काइने चेतावनी दिए । उनले कमल थापाको संयोजकत्वको उच्चस्तरीय राजनीतिक समितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा गए मधेस केन्द्रित दल पनि जाने स्पष्ट पारे ।
सङ्घीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सरकार भूकम्पको पुनःनिर्माणदेखि सरकार सञ्चालनमा असफल भएको आरोप लगाए । उनले भने, ‘भूकम्पपीडित जनताका लागि जुटाइएको पैसा हिनामिना गर्न सर्वदलीय बैठक बोलाएर सरकारले नाटक गरेको छ । रासस-madheshlive

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्