विश्व वातावरण दिवसको अवसरमा सरसफाई
Advertise Here Book Now

राम नारायण पंडित सिरहा, २३ जेठ । विश्व वातावरण दिवस सिरहामा पनि मनाईएको छ । दिवसको अवसरमा आज मिर्चैया नगरपालिकाले मिर्चैयामा सरसफाई गरेको छ । मिर्चैया नगरपलिकाको प्रांगनबाट स७३घढसरु भएको सरसफाई स्थानिय थाना चौकमा आएर सम्पन्न भएको थियो । सरसफाइ गर्ने क्रममा आफनो घर वरिपरी सफा राखी सहयोग गरेको भन्दै स्थानिय केहि घर धनिदाई सम्मान गरिएको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश क७३घढसमार दासले बताए । मिर्चैया नगरपालिकाको आयोजनामा भएको सरसफाई कार्यकममा नगरपालिकाको कर्मचारीको साथै राजनितिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, नागरिक समाज लगायतका सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्